मीरगञ्ज पुल यथाशक्य सञ्चालन हुनुपर्ने

२ मंसिर २०७९, शुक्रबार मा प्रकाशित

झापा,
विराटनगर एकीकृत भन्सार जाँच चौकी ९आइसिपी० जोड्ने भारतको बथनाहा(जोगबनी सडकखण्डमा पुलको प्रयोग हुन नसक्दा नेपाली उद्योगी व्यवसायीलाई सास्ती भइरहेको छ ।

नाकामा पर्ने मीरगञ्ज पुल समयमै निर्माण हुन नसक्दा उद्योगी व्यवसायीहरुले विगत ११ महिनादेखि सामान ओसारपसार गर्नकालागि सुनसरीको भन्टबारी नाका प्रयोग गर्नुपरेको छ ।

जोगबनी नाकाबाट आउने सामान सुनसरीको भन्टाबारी नाका प्रयोग गर्दा दैनिक अतिरिक्त रु एक करोड खर्च भएको उद्योगी एवं व्यापारीहरुको भनाइ छ । भारतीय जोगबनी बजारका व्यापारीसँग प्रतिस्पर्धा गरिरहेका नेपाली व्यापारीलाई मीरगञ्ज पुल निर्माण नहुँदा थप समस्या भएको छ । जसको मार उपभोक्तामा परेको छ ।

पुलको काम लगभग ९० प्रतिशत पूरा भएको र निकट भविष्यमा सञ्चालनमा आउने नेपाल भारतको सीमा सुरक्षा बैठकमा अररिया जिल्लाका डिएम इनायक खानले जानकारी दिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।

बैठकमा नेपाली पक्षले नाका र पुलको विषय छलफलमा ल्याउँदा डिएम खानले सो जानकारी दिएको प्रजिअ दाहालले बताउनुभयो । मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले यो पुल र नाका सञ्चालनमा ल्याउने बारम्बार आग्रह गर्दा पनि सञ्चालनमा आउन नसकेको बताउनुभयो ।

उहाँले पुल र नाका सञ्चालनमा नआउँदा समय र लागत बढ्न गई उद्योगी, व्यापारी मात्र नभएर उपभोक्तालाई पनि समस्या परेको बताउनुभयो ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयेश प्याकुरेलले यस क्षेत्रका उद्योगी र व्यापारीले समूह बनाएर भारत सरकारका महत्वपूर्ण अङ्गलाई जानकारी गराउँदा पनि सुनुवाई नभएको भन्दै यसका लागि नेपाल सरकारले कूटनीतिक ढङ्गले विषय उठान गर्नुपर्ने उहाँको भनाइ छ ।(

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here