मेस्सी र रोनाल्डोको अन्तिम परीक्षा

३ मंसिर २०७९, शनिबार मा प्रकाशित

रविकिरण वान्तवा,

वर्तमान समयमा विश्व फुटबल खेल जगतमा डेढ दशकभन्दा लामो समयदेखि मेस्सी र रोनाल्डोले राज गरिरहेका छन् । यी दुई खेलाडीमा को उत्कृष्ट ? भन्ने प्रश्नले सबै खेलपे्रमी दर्शकहरुलाई पक्ष र विपक्षमा विभाजन गरिदिएको छ । समकालीन यी दुई महान खेलाडीले फुटबल इतिहासमा नयाँ किर्तिमानहरु आ–आफ्नो नाममा लेखाइसकेका छन् र लेखाउने क्रम पनि जारी छ । उनीहरुले बनाइरहेका ती रेकर्डहरु अब आउने फुटबल खेलाडीहरुको लागी चुनौतिका उत्कृष्ट सीमारेखाहरु हामी मान्न सक्छौ ।

मेस्सीले एउटै क्लबबाट सबैभन्दा धेरै ( बार्सिलोनाको लागि ६७२ गोल) गोल गर्ने किर्तिमान राखेका छन् भने पुरुष खेलाडीमा देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेलहरुमा धेरै गोल गर्ने किर्तिमान (११५ गोल) रोनाल्डोले आफ्नो नाममा लेखाइसकेका छन् । मेस्सीको नाममा एक बर्ष भित्र धेरै गोल गर्ने किर्तिमान (९१ गोल) छ भने व्यवसायिक पुरुष खेलाडीमा सबैभन्दा धेरै गोलकर्तामा (८१८ गोल) रोनाल्डोको नाम छ जुन गोलसंख्या अझै थपिने क्रममा छ । यी त संक्षिप्त उदाहरण मात्र हुन अन्य यस्ता धेरै किर्तिमानहरु यी दुई खेलाडीले राखिसकेका छन् ।

विश्व फुटबल इतिहासमा दिइने पुस्कार र उपाधिहरुमा पनि यी दुई खेलाडीले एकछत्र राज नै गरेभन्दा फरक नपर्ला । बालोन डिओर अवार्ड मेस्सीले सातपटक जितेका छन् भने रोनाल्डोले ५ पटक आफनो पोल्टामा परिसकेका छन् । त्यस्तै युरेपियन गोल्डेन बुट मेस्सीले ६ पटक र रोनाल्डोले ४ पटक पाइसकेका छन् । रोनाल्डोले पोर्चुगललाई सन् २०१८मा युरोकप र सन् २०१८–१९ मा युएफा नेसनल लिगको उपाधि जिताउन सफल भएका थिए ।

मेस्सीले आफ्नो देश अर्जेन्टिनालाई सन् २०२१ मा कोपा अमेरिकाको उपाधि दिलाएका थिए । सबै उपलब्धिहरु हासिल गर्दा गर्दै पनि यी दुई महान खेलाडीले विश्वकपको उपाधि उचाल्नबाट भने बञ्चित रहँदै आएका छन् । सन् २००६देखि यी दुबै खेलाडीले विश्वकप खेल्दै आइरहेका छन् । यही मंसीर २० गतेदेखि कतारमा आयोजना हुने बिश्वकप फुटबलमा पाँचौपटक यी दुई खेलाडी आ–आफ्नो देशको प्रतिनिधित्व गर्दै मैदान उत्रदैछन् । सायद यो बिश्वकप मेस्सी र रोनाल्डोको लागी अन्तिम विश्वकप हुनेछ ।

बिगतमा भएका विश्वकपको नतिजालाई हेर्ने हो भने सन् २००६मा रोनाल्डो समिलित पोर्चुगलले सेमीफाइनलसम्मको यात्रा तय गरेको थियो । सेमीफाइनलमा फ्रन्ससंग एक शून्यको हार व्यहोर्दै फाइनल खेल्नबाट बञ्चित भएको थियो पोर्चुगल । यता मेस्सी समिलित अर्जेन्टिना क्वटरफाइनलमा जर्मनसंग पेनल्टी सुटअउटमा पराजित हुँदै घर फिरेका थिए । उक्त विश्वकपमा रोनाल्डो र मेस्सीले एक÷एक गोल मात्र गर्न सक्यो । सन् २०१०को विश्वकपमा पोर्चुगल अन्तिम १६ बाटै घर फिरेको थियो भने अर्जेन्टिनाले क्वटरफाइनलसम्मको यात्रा तय गरेको थियो ।

सो विश्वकपमा रोनाल्डोको नाममा एक गोल रह्यो तर पाँच खेल खेलेको मेस्सी गोलबिहीन रहयो । सन् २०१४मा रोनाल्डोको देश ग्रुप चरणबाटै घर फिर्न बाध्य बन्यो भने मेस्सीले फाइनलसम्म पुगेर उपाधिको ट्रफी जर्मनीलाई सुम्पेको थियो । यस विश्वकपमा रोनाल्डोले एक गोल गर्न भ्याए भने मेस्सीले ४ गोल गर्न सफल भएका थिए । सन् २०१८को विश्वकपमा भने यी दुबै खेलाडी समिलित राष्ट्र समूह उपबिजेता बन्दै अन्तिम १६मा प्रवेश गरेका थिए तर नकआउट चरणमा पोर्चुगल उरुग्वेसंग पराजित हँुदै र अर्जेन्टिनाले फ्रन्सलाई नतिजा सुम्पँदै अन्तिम १६ बाट नै दुबै टोली घर फिरेका थिए । उक्त विश्वकपमा समान चार–चार खेल खेलेका मेस्सीले एक गोल र रोनाल्डोले चार गोल गर्न सफल भएका थिए । उक्त विश्वकपमा समूह चरणमा स्पेनबिरुद्ध रोनाल्डोले गरेको ह्याट्रिकले बिशेष चर्चा पाएको थियो विश्वकप अवधिभर ।

समग्रमा रोनाल्डो र मेस्सीले खेलेका चार सिजनको विश्वकपलाई मूल्याङ्कन गर्दा अर्जेन्टिना २०१४मा फाइनलसम्म पुग्न सफल भएको छ । उता रोनाल्डोको देश पोर्चुगल २००६ मा सेमीफाइनलसम्म पुग्न सफल भएको थियो । अहिलेसम्म रोनाल्डोले बिश्वकपमा १७ खेल खेल्दै ७ गोल गरेको छ भने मेस्सीले १९ खेलमा ६ गोल गर्न सफल भएका छन् । यसरी हेर्दा रोनाल्डोले पोर्चुगललाई सेमीफाइनलसम्म र मेस्सीले अर्जेन्टिनालाई फाइनलसम्म पु¥याएका छन् ।

डेढ दशकभन्दा लामो समय क्लब स्तरीय फुटबलमा चम्केका यी दुई खेलाडीको सपना नै विश्वकप उपाधि आफ्नो देशलाई दिलाउनु रहेको पत्रकार सम्मेलनमा राख्दै आएका छन् । कतार विश्वकप २०२२ आफ्नो कप्तानीमा उपाधि जित्ने अन्तिम सुनौलो अवसर बन्ने छ यी दुईको लागि । उत्कृष्टताको मैदानमा यी दुईलाई फुटबलप्रेमी दर्शकहरुले सँधै उतारिरहेका नै छन् । भविष्यमा पनि यी दुई महान खेलाडीलाई फुटबल प्रेमीहरुले सम्झिरहने नै छन् ।

यो विश्वकप यी दुई खेलाडीको लागि अन्तिम प्रतिष्ठाको लडाई बन्ने छ । उमेरले ३७ लागेको रोनाल्डो र ३५औ बसन्त टेकेको मेस्सी शारीरिक रुपमा कतिको फिट छन् भन्ने जानकारी उनीहरुले क्लब स्तरीय खेलमा गरिरहेको प्रदर्शनले पनि दिइरहेको छ । विश्वकपको खेल हेरिसकेपछि अझ स्पष्ट हुने नै छ । मेस्सी उत्कृष्ट कि रोनाल्डो भन्ने प्रश्नको अनिश्चितालाई सायद यही विश्वकपले थोरै भए पनि खेलप्रेमी दर्शकहरुको मनलाई शान्ता पार्ने छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here