झापामा निर्वाचनको यस्तो छ माहोल (फोटो फिचर)

४ मंसिर २०७९, आईतवार मा प्रकाशित

झापामा आज बिहानैबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका लागि भइरहेको निर्वाचन शान्ति पूर्ण रहेको जनाइएको छ । मतदान स्थलमा यस्ता दृष्यहरु हाम्रा सहकर्मी अमित खम्बूले लिएका छन् ।

१. आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा झापाको अर्जुनधारा–८ स्थित चन्द्रोदय प्राथमिक विद्यालयको मतदान केन्द्रमा मत खसाल्दै निवर्तमान वडाध्यक्ष गोपीचन्द्र गौतम ।

२. झापाको अर्जुनधारा–१स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहको मतदान स्थल ।

३. झापाको अर्जुनधारा–४स्थित शिवनारायण प्राथमिक विद्यालयको मतदान स्थल गेटमा सुरक्षार्थ खटिएका म्यादी प्रहरीहरु ।

४ र ५. झापाको अर्जुनधारा–७स्थित वडा कार्यालय परिसरमा रहेको मतदान स्थल र ज्येष्ठ मतदाता ।

६ झापाको अर्जुनधारा–८स्थित शनिश्चरे बजार–जयपुर सडक खण्डमा माग्न बसेका महिलाहरु ।

७. झापाको अर्जुनधारा–१०स्थित वडा कार्यालयमा रहेको मतदान स्थल ।

८. झापाको अर्जुनधारा–१०स्थित वडा कार्यालय परिसर नजिक रहेको पसलमा नियम विपरीत बिक्रीका लागि राखिएका सुपारीजन्य वस्तुहरु ।

९. झापाको अर्जुनधारा–९स्थित बालज्योति प्राथमिक विद्यालय परिसर बाहिर मतदाता नामावलीमा नाम हेर्दै मतदाता ।

१०. झापाको अर्जुनधारा–७स्थित मतदान स्थलमा जाँदै मतदाता ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here