तेह्रथुममा मतपेटिका सङ्कलन हुँदै

५ मंसिर २०७९, सोमबार मा प्रकाशित

म्याङ्लुङ,

एक मात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ५८ दशमलव ३ प्रतिशत मत खसेको छ ।

अहिले जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सबैतिरको मतपेटिका ल्याइसकेपछि सर्वदलीय बैठक बसी मतगणना शुरु गरिने निर्वाचन अधिकृत निराज शर्माले जानकारी दिनुभयो ।

प्रारम्भिक तथ्याङ्कअनुसार ४१ हजार नौ सय ५६ मत खसेको छ । २० हजार चार सय ७९ पुरुष र २१ हजार चार सय ७७ महिलाले मतदान गरेका छन् ।

तेह्रथुममा ७१ हजार नौ सय ३३ मतदाता छन् । २९ हजार नौ सय ७७ मतदाता मतदानमा सहभागी भएनन् । वैदेशिक रोजगारीमा रहेका, जिल्ला बाहिर भएका मतदाता तथा मतदानमा उत्साह नहुनुजस्ता कारणले मत कम खसेको हुन सक्ने अनुमान गरिएको छ ।

५६ स्थायी र एक अस्थायी गरी जम्मा ५७ मतदानस्थल र ९३ स्थायी र एक अस्थायी केन्द्र गरी ९४ मतदान केन्द्र छन् । आइतबार सम्पन्न निर्वाचन तेह्रथुममा शान्तिपूर्णरुपमा सम्पन्न भएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here