प्रदेशसभा सदस्यतर्फ झापाका दुई निर्वाचन क्षेत्रमा मात्रै मतगणना

६ मंसिर २०७९, मंगलवार मा प्रकाशित

सुरुङ्गा (झापा),

आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको झापामा मतगणना जारी छ । प्रदेशसभा सदस्यतर्फको समेत दुईवटा निर्वाचन क्षेत्रमा झापामा मतगणना भइरहेको छ । जसअनुसार झापा–१ (१) को मा नेपाली कांग्रेसका उम्मेदवार गोपाल तामाङले चार हजार आठ सय १० मत प्राप्त गर्दै अग्रता लिनुभएको छ ।

त्यस्तै नेकपा (एमाले)मा उम्मेदवार रबिन कोइरालाले चार हजार ६० मत प्राप्त गर्दै दोस्रे स्थानमा हुनुहुुन्छ । त्यस्तै प्रदेशसभा २ मा नेकपा(माओवादी केन्द्र)का श्यामवीर लिम्बूले दुई हजार नौ सय ६८ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार सविना बजगाइँले दुई हजार ६ सय ९७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै झापा क्षेत्र नं ३ (१) कांग्रेसका उम्मेदवार भूमिप्रसाद राजवंशीले अग्रता लिनुभएको छ । उहाँले दुई हजार आठ सय ३४ मत प्राप्त गर्दा सूर्य चिह्नमा वसन्तकुमार बानियाँले दुई हजार ६ सय २९ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा (२) मा नेकपा (एमाले)का उम्मेदवाार छवि चुडालले अग्रता लिनुभएको छ ।

उहाँले दुई हजार एक सय २१ मत प्राप्त गर्दा माओवादी केन्द्रका उम्मेदवार पूर्णसिंह राजवंशीले एक हजार दुई सय ९० मत प्राप्त गर्नुभएको छ । झापा क्षेत्र नं २ र ४ र ५ मा मा प्रदेशसभातर्फ मतगणना सुरु हुन सकेको छैन ।-

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here