बीरता लेडी जेसीजले लेडी एकाडेमीको आयोजना गर्दै,१५ वर्षपछि राष्ट्रिय उपाध्यक्षमा दावी

६ मंसिर २०७९, मंगलवार मा प्रकाशित

झापा, वीरता लेडी जेसीजले ‘१५ औं राष्ट्रिय लेडी एकाडेमी’को आतिथ्य गर्ने भएको छ ।
नेपाल जेसीजको आयोजनामा प्रत्येक वर्ष आयोजना गरिदै आएको राष्ट्रिय कार्यक्रम यो वर्ष झापामा गर्न लागिएको हो ।
मंसीर ९ र १० गते झापाको बिर्तामोडमा आयोजना गरिने कार्यक्रममा नेपाल भरिका करिव एक सय महिला जेसीहरुको सहभागीता रहने मंगलवार बिर्तामोडमा आयोजना गरिएको पत्रकार सम्मेलनकाबीच जानकारी दिइयो ।
दुई दिवसीय कार्यक्रमको उद्घाटन राष्ट्रिय सभा सदस्य तथा बीरता जेसीजका संस्थापक अध्यक्ष गोपाल कुमार वस्नेतले गर्ने वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले जानकारी दिइन् ।
महिला शसक्तिकरण र उद्यमशीलता, जेसीज पहिचान सम्वन्धि विभिन्न विषयमा तालिम प्रदान गरिने निर्वतमान अध्यक्ष स्वस्तिका आचार्यले जानकारी दिइन् ।
पूर्वको वाहुनडाँगीदेखि पश्चिमको महेन्द्रनगरसम्मका तालिममा आएका सहभागीहरुलाई झापाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गराइने, झापाको पहिचानका रुपमा रहेको भक्काका परिकारलाई खुवाउने जनाइएको छ ।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष लालमणि भण्डारी सहित सम्पूर्ण राष्ट्रिय पदाधिकारीहरुको सहभागीता रहने बताइएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा नेपाल जेसीजका क्षेत्र ‘क’ निरुपित राष्ट्रिय उपाध्यक्ष कुमारसिंह सावा समेतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन महासचिव युनिता दवाडीले गरेकी थिइन् ।
यसैबीच १५ वर्षापछि वीरता लेडी जेसीजले राष्ट्रिय पदाधिकारीमा उम्मेद्वारी दिएको छ ।


वीरता लेडी जेसीजकी वर्ष २०२१ की अध्यक्ष स्वस्तिका आचार्यलाई राष्ट्रिय उपाध्यक्षमा पठाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पुसको ७ देखि १० गते विरगञ्जमा हुने राष्ट्रिय महाधिवेशनमा आचार्यले प्रतिष्पर्धा गर्ने एकाडेमी डाइरेक्टर कञ्चना ढकाल सिटौलाले जानकारी दिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here