दाङमा गठबन्धनका उमेदवारको अग्रता

६ मंसिर २०७९, मंगलवार मा प्रकाशित

घोराही,

दाङमा गठबन्धनका उम्मेदवारले अग्रतालाई कायम राखेका छन् । तीन प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमै गठबन्धनका उम्मेदवारले अग्रता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दाङ क्षेत्र नं १ मा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट गठबन्धनका साझा उमेदवार मेटमणि चौधरीले अग्रता कायम राख्नुभएको हो ।

उहाँले एमालेकी शान्ता चौधरीलाई सात सय ८१ मत अन्तरले पछि पार्दै अग्रता लिनुभएको छ । पाँच हजार सात सय ८२ मतगणना हुँदा चौधरीले दुई हजार दुई सय ४० मत ल्याउनुभएको छ भने शान्ताले एक हजार चार सय ५९ मत ल्याउँदै पछ्याइरहनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले एक हजार एक सय ८५ मत प्राप्त गरी तेस्रो स्थानमा रहनुभएको छ ।

यस्तै दाङ क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र)का तर्फबाट गठबन्धनकी उमेदवार रेखा शर्माले छ हजार पाँच ससय ६० मतका साथ अग्रता लिनुभएको छ भने नेकपा (एमाले)का शङ्कर पोखरेलले पाँच हजार दुई सय आठ मतका साथ पछ्याइरहनुभएको छ । शर्मा र पोखरेलबीचको मतान्तर एक हजार तीन सय ५२ मत रहेको छ ।

क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी दुई हजार पाँच सय ६८ मतका साथ तेस्रो स्थानमा रहनुभएको छ । निर्वाचन क्षेत्र नम्बर ३ मा पनि गठबन्धनकै उमेदवारले अग्रता लिएको छ । उक्त क्षेत्रमा नेपाली कांग्रेसका दीपक गिरीले दुई हजार आठ सय ८८ मत ल्याउनु भएकामा एमालेकी कोमल वलीले दुई हजार तीन हजार ६३ मतका साथ पछ्याइरहनुभएको छ । गिरी र वलीको बिचको मतान्तर दुई सय ८९ छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले एक हजार दुई मत प्राप्त गर्नुभएको छ । उक्त क्षेत्रमा छ स्वतन्त्रसहित १६ ा उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

यस्तै दाङ क्षेत्र नं ३ को १ मा प्रदेशसभा तर्फ नेपाली कांग्रेसले अग्रता लिएको छ । छ हजार छ सय ५८ मतगणना हुँदा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले तीन हजार मत प्राप्त गर्नुभएको छ । उहाँलार्ई एमालेका घनश्याम पाण्डेले दुई हजार पाँच सय ६८ मतले पछ्याइरहनुभएको छ । यस्तै दाङ क्षेत्र नं ३ को प्रदेशसभा २ मा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको छ ।

आठ हजार एक सय ८३ मतगणना हुँदा माओवादीका धनबहादुर मास्कीले तीन हजार सात सय ३७ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा एमालेका हुकुमबहादुर बस्नेतले तीन हजार एक सय ८६ मतका साथ पछ्याई रहनुभएको हो ।

क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा नेपाली कांग्रेसका राजु खनालले अग्रता लिनुभएको छ । उहाँले नेकपा एमालेका बलिभद्र रानालाई ७ सय ५८ मतले पछि पारेर अग्रता लिनुभएको हो । खनालले चार हजार दुईद सय ९१ मत प्राप्त गरी अग्रता लिनुभएको छ भने उहाँलाई नेकपा एमालेका रानाले तीन हजार पाँच सय ३३ मतका साथ पछ्याइरहनुभएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here