एमाले अध्यक्ष ओली र कांग्रेस नेता अधिकारी बीचको मतान्तर सात हजार बढी

0
196

झापा क्षेत्र नम्वर ५ मा नेकपा (एमाले)का उम्मेद्वार केपी शर्मा ओली र नेपाली कांग्रेसका उम्मेद्वार खगेन्द्र अधिकारीबीचको मतान्तर सात हजार भन्दा बढी रहेको छ ।
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री समेत रहनु भएका ओलीले १७ हजार ४ सय ६८ मत प्राप्त गर्दा कांग्रेस नेता अधिकारीले १० हजार ३ सय ७ मत प्राप्त गर्नु भएको हो । ओली र अधिकारी बीचको मतान्तर सात हजार १ सय ६१ रहेको छ ।
यो निर्वाचन क्षेत्रमा एक लाख २ हजार एक सय ५० मत खसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here