कांग्रेस महामन्त्री शर्मा साढे छ हजार मतान्तरले अगाडि

0
168

झापा,
झापा क्षेत्र नं १ मा ३४ हजार चार सय २९ मत गणना भएको छ । पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा ९एमाले० का उम्मेदवार अग्नि खरेललाई छ हजार पाँच सय ७३ मतले पछि पार्नुभएको छ ।

नेपाली कांग्रेसका महामन्त्री समेत रहनुभएका शर्माले १७ हजार दुई सय ९८ मत प्राप्त गर्दा एमालेका स्थायी कमिटी सदस्यसमेत रहनुभएका खरेलले १० हजार सात सय १६ मत प्राप्त गर्नुभयो । यो निर्वाचन क्षेत्रमा ८७ हजार तीन सय ९६ मत खसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here