ज्यामोदरमा ट्रकमा आगलागी

0
125

विमल दहाल, माई ।

बाँस बोक्न हिडेको मालबाहक ट्रक आज बिहान करिब ३:३० बजे ज्यामोदरको जंगलमा आगलागी भएको छ।

माई नगरपालिकाबाट झापा तर्फ जाँदै गरेको ना.६ ख ४०६२ नम्बरको ट्रक ईलेक्ट्रीक सर्ट भई आगलागी भएको थियो । आगलागी भएको ट्रकमा चालक तुलसी ढकाल मात्र रहेका र निभाउने प्रयास गर्दा हात जलेर घाईते भएपछि गाडी छोडेर गाडी धनिको सम्पर्कमा गएका थिए।

बिहान ४ बजे घना जंगलमा गाडी जल्दै गरेको देखेपछि प्रहरीलाई खबर गरिएको स्थानीय गोबिन्द सोताङ्गले जानकारी दिनुभयो। प्रहरीले विहान ५ बजे ट्रकमा लागेको आगो नियन्त्रणमा लिएको लोदिया प्रहरी चौकीका प्रमुख पदम सुन्दर लिम्बुले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here