अर्जुनधारा जलेश्वरधाममा शतबीज रोपण

0
229

अर्जुनधारा।

बलाचतुर्दशीको अवसरमा मंगलबार झापाको अर्जुनधारा–७स्थित अर्जुनधारा जलेश्वरधाममा भक्तजनहरुले शतबीज रोपण गरेका छन् ।

बिहान ४ बजेदेखि नै जिल्ला तथा जिल्ला बाहिरबाट आएका हजारौं भक्तजनहरुले शतबीज रोपण गरेको धामका कार्यालय सचिव विष्णु भट्टराईले जानकारी दिए । शतबीज रोपणसँगै धामको ४०औं वार्षिक अनुष्ठान अन्तर्गत गत मंसीर १ गतेदेखि शुरु भएको श्रीमद् ब्रह्माण्ड महापुराण सम्पन्न भएको छ ।

धाम परिसरमा नवनिर्मित गौरी मन्दिर तथा १०८ शिवलिङ्गका निर्माणकर्ता दाता कमल बस्नेतले उद्घाटन गरेका महापुराणका प्रमुख वाचक धामका व्यासाचार्य पण्डित कुवेर सुवेदी र उपवाचक पण्डित हेमन्त भण्डारी रहेका थिए ।

महापुराण अन्तर्गत दैनिक रुद्राभिषेक, तण्डुलाचल, धनधान्याञ्चल, हवन, गंगा आरती, भूमिदान, लक्ष्यवर्तिका प्रज्ज्वलन लगायतका कार्यक्रमहरु सञ्चालन भएको थियो । समितिले धाममा आउने भक्तजनहरुको लागि रमाइलो मेला पनि सञ्चालन गरेको थियो ।

त्यसैगरी धाम परिसरमा आउने भक्तजनहरुको भीडलाई व्यवस्थापन गर्न धेरै संख्यामा जनपद प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी तथा धाम क्षेत्रमा सञ्चालन हुने सवारी साधनहरुलाई व्यवस्थापन गर्न ट्राफिक प्रहरीहरु परिचालन गरिएको थियो । त्यस्तै स्वस्तिका शिशु सदन अंग्रेजी आवासिय विद्यालय अन्तर्गतको राष्ट्रिय सेवा दल, नेपाल स्काउटलगायतका संस्थाहरुले स्वयम्सेवकको भूमिका निर्वाह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here