काठमाडौँ–५ प्रदेश (२) मा कांग्रेसका खड्का निर्वाचित

८ मंसिर २०७९, बिहीबार मा प्रकाशित

काठमाडौँ,

काठमाडौँ क्षेत्र नं ५ को प्रदेश (२) मा नेपाली कांग्रेसका उम्मेदवार श्यामबहादुर खड्का विजयी हुनुभएको छ ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको गएराति सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार खड्काले नौ हजार सात सय ३१ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत ऋतबहादुर पुलामीमगरले जानकारी दिनुभयो ।

निर्वाचित खड्का नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ का क्षेत्रीय सभापतिसमेत हुनुहुन्छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार दीपक निरौलाले आठ हजार चार सय पाँच मत प्राप्त गर्नुभएको छ ।

पराजित निरौला नेकपा (एमाले) काठमाडौँका जिल्ला अध्यक्ष एवं निवर्तमान बागमती प्रदेशका सदस्य हुनुहुन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here