झापा ३ मा राप्रपाका अध्यक्ष लिङ्देन निर्वाचित

८ मंसिर २०७९, बिहीबार मा प्रकाशित

झापा, झापा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको छ ।
नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलालाई ३ हजार २७६ मतले पराजित गर्दै लिङ्देन निर्वाचित हुनु भएको हो । लिङ्देनले ४० हजार ६४८ मत ल्याउँदा सिटौलालाई भने ३७ हजार ३७२ मत प्राप्त भयो । १ लाख ३१ हजार ४३२ मतदाता रहेको झापा–३ मा कुल ८९ हजार ६३७ मत खसेको थियो ।
२०७४ सालको निर्वाचनमा लिङ्देनले सिटौलाले १३ हजार ४४३ मतान्तरले पराजित गर्नुभएको थियो । त्यसबेला एमाले र माओवादीसँग तालमेल गर्दा लिङ्देनले ४४ हजार ६१४ मत पाउनुभएको थियो । सिटौलाले भने ३१ हजार १७१ मतमा चित्त बुझाउनु परेको थियो । यसपटक माओवादी र कांग्रेस एकातिर हुँदा लिङ्देनलाई भने एमालेले मात्रै साथ दिएको थियो ।
सिटौला र लिङ्देनको यो चौथो चुनावी भिडन्त थियो । सुरुवाती दुईवटा निर्वाचनमा सिटौलासँग पराजित हुनुभएका लिङ्देन २०७४ सालको निर्वाचनमा तेस्रो प्रयासमा सांसद् बन्नुभएको थियो । यसपालि चौथो पटकको भिडन्तमा उहाँले सिटौलालाई दोस्रो पटक पराजित गर्नुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here