साना किसानको १२ औं साधारण सभा

८ मंसिर २०७९, बिहीबार मा प्रकाशित

विमल दहाल, माई ।

इलामको दानाबारी् स्थित साना किसान महिला कृषि सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। सभाको उद्घाटन प्रमुख अतिथी माई नगरपालिकाका प्रमुख खम्बा सिं लिम्वुले गर्नुभयो।

प्रमुख लिम्बुले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारी र बित्तिय संस्थाले नियतवस रकम पारदर्शी नगर्दा समस्या भएको बताउनुभयो।

मेयर लिम्बुले महिला सदस्य मात्र रहेको साना किसान जस्तो विश्वासिलो सहकारीमा मात्र कारोवार गर्नु पर्ने वताउनुभयो । समाज रुपान्तरणमा सहकारीको भुमिका महत्वपुर्ण रहेको भन्दै मेयर लिम्बुले माई नगर भित्रका सहकारीको आर्थिक अबस्थालाई अनुगमन गरि अनियमितता भए नियमन गर्ने जानकारी दिनुभयो।

बिशेष अतिथि माई नगरपालिका प्रशासन शाखा प्रमुख लक्ष्मण भुर्तेलले माईका ३८ बटा सहकारीहरु मध्ये सानाकिसान महिला सहकारीनै उत्कृष्ट रहेको भन्दै प्रसंशा समेत गर्नुभयो। वहाँले २ हजार सदस्य बराबर एक सहकारी रहने व्यवस्था बमोजिम माईमा १५ वटा सहकारी आबश्यक रहेकोले बिषय र क्षेत्र मिल्ने सहकारी मर्ज गर्न सुझाव दिनुभयो।

संस्थाकी अध्यक्ष कल्पना थापाको अध्यक्षतामा सम्पन्न सभामा संस्थाका प्रमुख ब्यबस्थापक दिपक मगरले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७८/०७९ मा २ करोड ११ लाख १३ हजार ५ सय रुपैंया शेयर पूँजी, जगेडा तथा अन्य कोष हिसाब १ करोड ४० लाख ३२ हजार ४ सय ७२ रुपैयाँ, निक्षेप हिसाब ५ करोड २६ लाख ८७ हजार ९ सय ६२ रुपैयाँ, ऋण तथा सापटी ८ करोड ३६ लाख रुपैयाँ, दायित्व हिसाब ४ लाख ७८ हजार ४ सय ६ रुपैयाँ, कर दायित्व ४ लाख ६७ हजार २ सय ४० रुपैयाँ र अनुदान हिसाब ७ लाख १३ हजार २ सय २ रुपैयाँ वासलत रहेको बताईएको थियो।

संस्थाले अर्थिक वर्ष ०७८ र ०७९ मा १७ करोड ३० लाख ९२ हजार ७ सय ८४ रुपैंयाको कूल कारोवार गरेको जनाएको छ । संस्थाले यस वर्ष ४२ लाख २८ हजार ४५ रुपैयाँ मुनाफा गरेको ब्यवस्थापक मगरले जानकारी दिनुभयो। सधारण सभाको अवसरमा संस्थाले सबै अतिथिहरुलाई मायाको चिनो प्रदान गरि सम्मान गरेको थियो।

दुई सय ८१ सकृय समुह रहेको संस्थामा एक हजार १ सय ६८ जना महिला सदस्य र सात सय ८५ जना कुल ऋणी सदस्य रहेका छन । सहकारीको बार्षिक सभामा माई-३ का वडाध्यक्ष देवकुमार तामाङ, साना किसान खुदुनाबारी प्रबन्धक गोपी लुईटेल, समाजसेवी भक्त बहादुर लुङ्गेली, दानाबारी कृषि सहकारीका अध्यक्ष भक्तबहादुर काफ्ले, संस्थाकी पुर्ब अध्यक्ष नरमाया धमला, पत्रकार हरि असीम, विमल दहाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सभाको सन्चालन लेखा समिति सदस्य सिता भट्टराईले गर्नुभएको संस्थाकी सहप्रबन्धक सिर्जना खवासले जानकारी दिनुभयो।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here