इलाम क्षेत्र नं २ को २ बाट रामबहादुर राना विजयी

८ मंसिर २०७९, बिहीबार मा प्रकाशित

इलाम ,

इलाम क्षेत्र नं. २ को २ बाट नेकपा एमालेका रामबहादुर राना विजयी भएका छन् ।

रानाले गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका हर्क कान्छा लावतीलाई २५ सय ७८ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।

रानाले १३ हजार ७५४ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वन्दी लावतीले ११ हजार १७६ मत ल्याएका छन् ।

राना प्रदेश सदस्यमा निर्वाचित भएको यो दाेस्रो पटक हाे । २०७४ काे निर्वाचनमा इलाम क्षेत्र नं. २ को १ बाट विजयी भएका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here