झापा–३ बाट निर्वाचित लगत्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले के भने ?

0
170

लक्ष्मी काफ्ले–

झापा–३ बाट निर्वाचित भएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने–

– भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु सरह मानेर राष्ट्रका लागि काम गर्नेछु ।

– म बरु नष्ट हुन्छु, तर भ्रष्ट हुन्नँ ।

– पहिलोपटक चुनाव जित्न त सजिलो हुन्छ । तर, दोस्रोपटक जित्न सजिलो हुँदैन । मतदाताले मलाई दोस्रोपटक पनि अनुमोदनलायक सम्झिदिनुभयो । सबै मतदाताप्रति आभार व्यक्त गर्दछु ।

– जनता कसैको पैसा, प्रलोभन र ठेकेदारीमा चल्दैनन् भन्ने कुरा झापा–३ का जनताले प्रमाणित गरिदिनुभयो । यहाँ विचार र प्रवृत्तिबिचको लडाइँ थियो । एउटा विचार र प्रवृत्तिलाई हामीले पराजित गरेका छौँ ।

– म मतदाता दुःखी हुने कुनै पनि काम गर्दिनँ । मतदाताको विस्वासमा कुठाराघात हुने काम यो जुनीमा त के, अर्को जुनीमा पनि गर्ने छैन ।

– म अबिर र फूलमालातिर होइन, कामतिर लाग्नेछु । त्यसकारण भेटघाट गर्न आउँदा फूलमाला, अबिर लिएर आउनु पर्दैन ।

– संसदमा अब हाम्रो बलियो उपस्थिति हुँदैछ । जनताको शिर ठाडो पार्ने काम गर्नेछौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here