अफगानिस्तानमा आईएसका ६ लडाकु पक्राउ

0
148

काठमाण्डौं ।

अफगान सेनाले पूर्वी नान्गाहार प्रान्तमा द्वन्द्वरत इस्लामिक स्टेट (आईएस) सङ्गठनसँग आबद्ध छ जना लडाकुलाई पक्राउ गरेको रक्षा मन्त्रालयले जनाएको छ ।

‘गोप्य सूचनाको आधारमा खालिद बिन वालिद कोरमा आबद्ध सैनिकहरूले नान्गाहार प्रान्तको खावरेजको गोप्य ठाउँमा छापा मारी छ जना लडाकुहरूलाई गिरफ्तार गरेको’ रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

आतङ्ककारीहरू लुकेर बसेको ठाउँबाट एके ४७ राइफल सहित थुप्रै हतियार र गोलाबारुदहरू पनि फेला परेको बताइएको छ ।

तालिबानद्वारा सञ्चालित कार्यवाहक प्रशासनले अफगानिस्तानमा आईएस समूहको कथित उपस्थितिलाई गम्भीर खतराको रूपमा अस्वीकार गरेको छ यद्यपि सुरक्षा बल कडा निगरानी राख्दै प्रतिकारमा चनाखो देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here