दुई पटक उपप्रमुखमा पराजित सविना बनिन् माननीय

0
173

लक्ष्मी उप्रेती,
मेचीनगर।

विक्रम संवत २०७४ /२०७९ को स्थानीय तहको निर्वाचनमा उपप्रमुख पदमा दुई/दुई पटक पराजित बनेकी सविना बजगाईले आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा संसद्को यात्रा तय गरेकी छन् ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा मेचीनगर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीकोतर्फबाट उपप्रमुख पदमा उम्मेदवारी दिएकी कट्टेललाई मत परिणामले चौथो स्थानमा पारिदियो । त्यस बखत राष्ट्रिय प्रजातन्त्र पार्टीकोतर्फबाट कुनै दलको तालमेल नगरी सविनले एकल चुनाव लडेकी थिईन् ।

२०७४ सालमा व्यहोरेको हारलाई बद्ला लिन आठमहिना अघि वा २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी पुनः सोहि दलकोतर्फबाट उपप्रमुख पदमा उम्मेदवार दिदैँं चुनावी प्रतिस्पर्धामा उत्रिन् ।

एकातिर नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रको गठबन्धनका पुरुष उम्मेदवार अर्कातिर नेकपा एमालेकोतर्फबाट खडा उपप्रमुख पदका उम्मेदवार अनि जनता समाजवादी पार्टी नेपालसहित अन्य दल र स्वतन्त्र गरी १५ जना उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने बाँध्यता थियो कट्टेलको । तर, परिणाम उनको पक्षमा परेन् ।

२०७४ सालमा एमालेकोतर्फबाट उपप्रमुखमा विजयी मीना पोखरेल उप्रेतीले १९ हजार ९ सय ९४ मत प्राप्त गदैं विजयी बन्दा नेपाली काँग्रेसकी दुर्गादेवी खतिवडाले १९ हजार ७७ मत ल्याइन् । माओवादी केन्द्रबाट उपमेयरकी उम्मेदवार बनेकी इन्दिरा कार्कीले ७ हजार ६ सय ६८ मत ल्याइन् । अनि सविना भने चौथो स्थानमा रहिन् । २०७४ मा चौथो स्थानमा रहेकी सविनालाई २०७९ को स्थानीय तहको निर्वाचन परिणामले एक तह माथि पुर्याएर तेस्रो स्थानसम्म ल्यायो ।

आठमहिना अघि वा २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा नेकपा एमालेको मीना पोखरेल उप्रेती २१ हजार ५ सय ९० मतका साथ पुनः विजयी भईन् । दोस्रोमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार प्रकाश भण्डारीले १२ हजार ८ सय १८ मत प्राप्त गर्दैगर्दा तेस्रो स्थामा रहेकी सविनाले ९ हजार ८ सय ८० मतमा सिमित बनिन् ।

स्थानीय सरकारको उपप्रमुख बन्ने धोकोलिएर दुई/दुईपटक चुनावी मैदानमा उत्रिएकी सविनाले पराजित बनेपनि हार भने कहिल्यै खाईनन् । त्यही भएर ४ मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीले विश्वासकासाथ झापा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ बाट १ नम्बर प्रदेशसभा सदस्यको उम्मेदवारको टिकट दियो ।

४ मंसिरको निर्वाचनमा समेत उनमा थुप्रै चूनौती भने नभएका होइनन् । एकातिर सत्तासाझेदार पार्टीको गठबन्धनका उम्मेदवार त अर्कातिर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका चर्चित नेता कल्याण खड्काको उम्मेदवारी । यी सँगै सविनाले एक पदकालागि १० जना उम्मेदवारसँग प्रतिस्पर्धा गरेकी थिईन् । सविनामा चुनाव जित्ने कुरामा आत्मविश्वास थियो, उनी ढुक्क थिईन् किन कि उनलाई नेकपा एमालेको साथ थियो, नेकपा एमाले उनकालागि सारथी बनिदियो ।

यस अघि दुई पटक भएको स्थानीय तहको निर्वाचनमा एक्लै चुनाव लडेकी थिईन् । त्यही भएर पनि परिणाम उनको पक्षमा परेन् । यो पटकको निर्वाचनमा भने उनका लागि भने नेकपा एमाले सारथी बनेकै कारण परिणाम हात पर्यो र माननीय बनेर संसद्को ढोका खुल्यो । दुई /दुईपटक स्थानीय सरकारको उपप्रमुख बन्ने इच्छा पुरा नभएपनि यस पटकको निर्वाचनको परिणामले उनलाई माननीय बनाई दिएको छ । त्यसमा पनि सत्तासाझेदार नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रको गठबन्धनका साझा उम्मेदवारलाई पराजित गदैं ।

नेकपा एमालेको साथ सहयोग पाएकी सविनाले नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रको गठबन्धनका साझा उम्मेदवार श्यामविर लिम्बुलाई १ हजार ३ सय ८७ मतले पराजित गदैं पहिलो पटक संसद्यात्रा तय गरेकी हुन् । सविनाले १३ हजार ६ सय १२ मत प्राप्त गर्दा श्यामविरले १२ हजार २ सय २५ मतमा चित्त बुझाउनु परेको छ ।

यो जीतबाट सविन निक्कै खुशी छन् । यो जीत आफ्नो एक्लो नभई झापा निर्वाचन क्षेत्र नम्बर १ सहित क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ का आम जनताको रहेको उनको भनाई छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको मेचीनगर अध्यक्ष समेत रहेकी सविना यो जीतलाई अवसरकारुपमा लिएर जनताका हरेक पीर, मर्का र समस्यालाई बुझेर अघि बढ्ने बताउँछिन् । स्थानीय सरकारको उपप्रमुख बन्ने धोको दुई —दुई पटक पुरा नभएपनि दोस्रो पटक सम्पन्न स्थानीय तहको निर्वाचनमा हार व्यहोरेको आठमहिना पछि मतदाताले आफुलाई माननीय ‐१ नम्बर प्रदेशको प्रदेशसभा सदस्य ) बनाईदिएपछि उनी पनि मख्ख छिन् ।

यसअघिको पराजितबाट पाठ सिक्दै् विचलित नभई त्यसलाई शक्तिमा बदलेर अघि बढ्दैँगर्दा यो निर्वाचनमा संसद् यात्रा तय गरेकी सविना विकास र भ्रष्टचार मुक्त समाज निर्माणमा योगदान दिदैँ अबको ५ वर्ष जनताको सुख दुःखमा सक्रिय रहने प्रतिबद्घता व्यक्त गर्छिन् । सविनाको पार्टीको मुख्य :नारा पनि छ —‘भ्रष्टचार गर्नु भनेको आमाको रगत खानु सरह हो ।’ त्यसैले सविना भन्छिन्—‘ म आफु पनि भ्रष्टचार गर्दिन र अरुलाई पनि गर्न दिन्न् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here