मोरङ क्षेत्र नं ३(१)मा मानबहादुर लिम्बू निर्वाचित

१० मंसिर २०७९, शनिबार मा प्रकाशित

पथरी शनिश्चरे । 

मोरङको क्षेत्र नं ३(१) प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका मानबहादुर लिम्बू निर्वाचित भएका छन् ।

लिम्बूले प्रमुख प्रतिस्पर्धी नेकपा एकालेका दिलीप कुमार राईलाई ४ हजार ९ सय ३२ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

मोरङको क्षेत्र नं।३ निर्वाचन अधिकृतको कार्यालयको अनुसार लिम्बूले १९ हजार ७ सय ४९ मत प्राप्त गरेका छन् भने राईले १४ हजार ८ सय १७ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीर्थ बहादुर गुरुङ तेस्रो स्थानमा छन् । गुरुङले ७ हजार १ सय ९० मत प्राप्त गरे ।

मोरङको क्षेत्र नं ३(१) को जम्मा ७५ हजार ३ सय ९३ मतमा ४७ हजार ३ सय ५० मत खसेको थियो । ४५ हजार ५ सय ८७ सदर र १ हजार ७ सय ६३ मत बदर भएको छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here