आधारभूत अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी तालिम सुरु

१० मंसिर २०७९, शनिबार मा प्रकाशित

विराटनगर,

विराटनगर महानगरपालिकाको आयोजनामा आधारभूत अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी तालिम सुरु भएको छ । आगलागी हुँदा नियन्त्रण कसरी गर्ने भन्ने विषयमा सहभागीलाई प्रशिक्षण दिइने महानगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिनुभयो ।

तालिममा महानगर प्रहरी र बारुणयन्त्रका २० जना कर्मचारी सहभागी छन् । उनीहरुलाई काठमाडौँ महानगरपालिका नगर प्रहरीका निरीक्षक एवं बारुणयन्त्रसम्बन्धीका विज्ञ किशोर भट्टराईले प्रशिक्षण दिनुहुनेछ । तालिममा आगलागी भएको स्थानमा जाँदा र आगलागी नियन्त्रण गर्दा अपनाउनुपर्ने सावधानीलगायत सैद्धान्तिक र व्यवहारिकरुपमै जानकारी गराइनेछ ।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले कानुनले नै स्थानीय सरकारलाई नगर प्रहरी राख्ने अधिकार दिएको बताउनुभयो । उहाँले प्रमुखलाई दिएको २२ वटा अधिकारमध्ये नगर प्रहरी पहिलो नम्बरमा रहेको जानकारी दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here