कपिलवस्तु–२ मा कांग्रेसका आचार्य निर्वाचित

१० मंसिर २०७९, शनिबार मा प्रकाशित

कपिलवस्तु, 

कपिलवस्तु निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित हुनुभएको छ ।

आचार्यले नेकपा (एमाले)का बृजेशकुमार गुप्तालाई पराजित गर्नुभएको हो । उहाँले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा पराजित भएका गुप्ताले ३८ हजार छ सय ९७ मत पाउनुभएको छ ।

यस्तै कपिलवस्तु–२ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका सुधाकर पाण्डेय निर्वाचित हुनुभएको छ । उहाँ आठ सय ९१ मतान्तरले निर्वाचित हुनुभएको हो । पाण्डेयले १४ हजार एक सय ८५ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका धर्मबहादुर लाल श्रीवास्तवले १३ हजार तीन सय ९४ मत प्राप्त गर्नुभएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here