अम्बोटारमा भएको स्वास्थ्य शिविरमा तीन सयले सेवा लिए

१० मंसिर २०७९, शनिबार मा प्रकाशित

इलाम ।

इलामको सूर्योदय नगरपालिका–७ स्थित अम्बोटारमा एक दिने बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सूर्योदय नगरपालिका वडा ७ र रोङ गांउपालिकाको आयोजनामा शनिबार एक दिने स्वास्थ्य शिविरको गरिएको हो । रोटरी क्लब अफ बिर्तामोड मिडटाउन र रोट्याक्ट क्लब अफ बिर्तामोडको संयोजन , बिएण्डसी तथा बिर्तामोड आँखा अस्पताल र नेपाल औधषि व्यवसायी संघको प्राविधिक सहयोगमा शिविर गरिएको हो ।

रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोको प्रमुख आतिथ्य तथा सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गाप्रसाद बरालको विशेष आतिथ्यमा भएको कार्यक्रममा तीन सय बढी सेवा लिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथी स्याङ्बो र विशेष अतिथि बरालले शिविरले स्वास्थ्यको पहुँचमा पुग्न नसकेका नागरिकलाई लाभ पुग्ने धारणा राखेका थिए । बर्षौंदेखि रोगको पहिचानमा समस्या भोगेका नागरिकले शिविरले फाईदा पुगेको भन्दै खुसी ब्यक्त गरेका थिए ।

सूर्योदय नगरपालिका ७ का वडाध्यक्ष एलबी राई, पूर्व अध्यक्ष लेखनाथ खड्का , रोटरी क्लब अफ बिरतामोड, मिडटाउनको अध्यक्ष सुमनशर्मा जम्मरकट्टेल लगायतको शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा कार्यक्रमका संयोजक जगतशर्मा तिवारी, रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको बोर्ड मेम्बर गजेन्द्र पौडेल, सिजर राजभण्डारी , नेपाल औषधि व्यवसायी संघ प्रदेश १ उपाध्यक्ष नरेन्द्र बराल, रोट्याक्ट्र क्लब अफ बिर्तामोड मिडटाउन सचिव भीष्म घिमिरे, बोर्ड मेम्बर सन्देश राउत, बिर्तामोड आँखा अस्पतालका नेत्र अधिकृत बिनोद दाहाल, बिएण्डसी अस्पातालका भोगेन्द्र पराजुली लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन संचारकर्मी केशब भट्टराईले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here