इलाम–२ (१) मा कांग्रेसका गिरी निर्वाचित

१० मंसिर २०७९, शनिबार मा प्रकाशित

मङ्गलबारे, 

इलाम–२(१) मा नेपाली कांग्रेसका गोविन्द गिरी विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाममा गिरी एक हजार दुई सय ११ मतान्तरसहित विजयी हुनुभएको हो ।

गिरीले १६ हजार छ सय ६५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार गणेशप्रसाद बरालले १५ हजार चार सय ४७ मत मात्र प्राप्त गर्नुभएको छ ।

यस निर्वाचन क्षेत्रमा ८ जना उम्मेदवार रहनु भएको थियो । यस क्षेत्रमा ३६ हजार नौ सय २९ मत खसेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here