एनएमसीको सम्पत्ति ११ अर्ब ९९ करोड

0
199

झापा ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को कूल सम्पत्ति ११ अर्ब ९९ करोड, ६१ लाख ६५ हजार पुगेको छ ।

सहकारीको ३०औं बार्षिक साधारणसभा पूर्व सन्ध्यामा सार्वजनिक गरिएको प्रतिवेदन उल्लेख गरिए अनुसार संस्थाको शेयर सदस्य एक लाख ३५ हजार र शेयर पूँजी रु. एक अर्ब, ३५ करोड, ५८ लाख ९५ हजार पुगेको छ । शनिवार संस्थाको बिर्तामोडस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष रामचन्द्र उप्रेतीले प्रतिवेदन सार्वजनिक गरेका थिए ।

कार्यक्रममा सहकारीले हाल पाँच वटा व्यवसाय सञ्चालन गर्दै आएको अध्यक्ष उप्रेतीले जानकारी दिए । उनले बचत तथा ऋणको कारोवार, डेरी उद्योग, एकीकृत नमूना कृषि फर्म र चिया उद्योग सहकारीले सञ्चालन गर्दै आएको बताए ।

सहकारीले हाल कर्पोरेट कार्यालयमा ५९ जना, बित्तीय व्यवसायमा ७६६ जना, डेरी व्यवसायमा ७५ जना, एकीकृत नमूना कृषि फर्ममा ५४ जना, सहकारी पसल व्यवसायमा १२६ जना र चिया व्यवसायमा ४८ गरी एक हजार १२५ जनालाई प्रत्यक्ष रोजगारी दिँदै आएको प्रतिवेदनमा उल्लेख छ ।

संस्था अन्तर्गत सञ्चालन गरिएका शुपथ मूल्यको सहकारी पसलमा आगामी मंसीर ११ गतेदेखि उधारो सुविधा उपभोग गर्न सकिने पत्रकारहरुलाई अध्यक्ष उप्रेतीले जानकारी दिए । उनले मंसीर १८ गतेदेखि क्षेत्रगत रुपमा साधारणसभा गरी पुस २ गते फाइल माइन्यूट प्रमाणित कार्यक्रम गरिने बताए ।

उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्यसहित प्रतिवेदन साधारणसभा अघि नै सार्वजनिकीकरण गर्नुको बारेमा उपाध्यक्ष भवगती घिमिरेले धारणा व्यक्त गरेकी थिइन् । सञ्चालक समितिहरुको उपस्थितिमा समेत रहेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष लक्ष्मी उप्रेतीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here