पथरी शनिश्चरे,

मोरङको पथरी शनिश्चरे नगरपालिकामा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्यक्रम अभियान सुरु भएको छ ।
आज नगरपालिकाको सभाहलमा राष्ट्रिय परिचयपत्र विवरणको लागि फर्म भरेर फोटो खिच्ने कार्य सुरु गरिएको हो ।
वडा नं. १ का अलवा वडा नं. २ मा आजबाट सुरुवातको तयारी गरिएको छ भने अन्य वडाहरुमा भोलिदेखि अभियान सुरु गरिने जनाइएको छ ।






























