बालकको उपचारका लागि लक्ष्मीपुर अटो व्यवसायी परिवारको सहयोग

0
245

झापा, फोक्सोमा पानी जमेका कारण विरामी परेका २ वर्षीया बालकको उपचारका लागि लक्ष्मीपुर अटो व्यवसायी परिवार कनकाईले आर्थिक सहयोग गरेको छ ।
कनकाई नगरपालिका ८ खाडीबस्तीका मञ्जिल मुर्मूकाा दुई वर्षीय छोरा विशालको उपचारका लागि लक्ष्मीपुर अटो व्यवसायी परिवारले दश हजार ४ सय ६० रुपैयाँ सहयोग गरेको हो ।
गत तिहारमा देउसी भैलो खेलेर संकलन गरेको रकम बालकको उपचारका लागि सहयोग गरिएको लक्ष्मीपुर अटो व्यवसायी परिवारका अनुराग रोशनले जानकारी दिए । मौलिक संस्कृतिकोा संरक्षण गर्न र भावी पुस्तालाई देउसी भैलोको विषयमा थप जानकारी गराउने उद्देश्य सहित लक्ष्मीपुर अटो व्यवसायी परिवारले देउसी भैलो खेलेको बताइएको छ ।
देउसी भैलोमा संकलित रकम बालकको उपचारका लागि सहयोग गरिएको बताइएको छ ।
कनकाइ नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल सो रकम विशालका वुवा मञ्जिल मुर्मूलाई हस्तान्तरण गरेका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष कटुवाल सहित सदस्य भक्त विष्ट, लक्ष्मीपुर बजार व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर बस्नेत, लक्ष्मीपुर ट्राफिक प्रहरी बिटका इञ्चार्ज कुलबहादुर बुढाथोकी अटो – सफारी व्यवसायी परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो।
मुर्मूको आर्थिक अबस्था ज्यादै कमजोर भएपछि सहयोग उपलब्ध गराई दिन कनकाई नगरपालिका वडा नम्वर ८ ले समेत आग्रह गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here