चीनसँगको एलएसी नजिक भारत र अमेरिकाले सैन्य अभ्यास गर्दै

१४ मंसिर २०७९, बुधबार मा प्रकाशित

काठमाडौं ।

भारत-चीन तनावका बीच चीनसँगको वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिक भारत र अमेरिकाले सैन्य अभ्यास गर्ने भएका छन् ।

भारत र अमेरिकाले नोभेम्बर १५ देखि डिसेम्बर २ सम्म एलएसीमा अभ्यास गर्नेछन्। यो अभ्यास उत्तराखण्डको औलीमा हुनेछ । यो क्षेत्र एलएसीबाट मात्र एक सय किलोमिटर दुरीमा छ।

अभ्यासमा दुवै देशका करिब ३५०–३५० सैनिक सहभागी हुनेछन् । हिमाल र अति चिसो क्षेत्रमा एकीकृत लडाई समूहको परीक्षण गरिनेछ । यो अभ्यास एक वर्ष भारतमा र एक वर्ष अमेरिकामा गरिन्छ। गत वर्ष यो अभ्यास अमेरिकाको अलास्कामा गरिएको थियो ।

यसका साथै यस वर्षको अन्त्यसम्ममा भारतले एकैसाथ ३ वटा ठूला अभ्यास गर्ने भएको छ । यी सबै सैन्य अभ्यास नोभेम्बर ८ बाट सुरु हुनेछन्। ११ डिसेम्बरसम्म चल्ने यी सैन्य अभ्यासमा भारतले आफ्नो सैन्य शक्ति देखाउनेछ । भारतले क्वाड देशहरूसँग मालाबार नौसेना अभ्यास र अष्ट्रेलियासँग इन्फन्ट्री अभ्यास गर्नेछ।

उत्तराखण्डसँग जोडिएको चीनको सीमा भारतीय सेनाको केन्द्रीय क्षेत्रको हिस्सा हो। यो क्षेत्र भारत र चीनबीच लामो समयदेखि विवादमा रहेको छ । दुई वर्षअघि ग्लावान उपत्यकामा भएको हिंसात्मक झडपपछि यस क्षेत्रमा चिनियाँ सैन्य गतिविधि बढेको छ। यही कारणले गर्दा भारत र अमेरिकाबीचको सैन्य अभ्यास निकै महत्त्वपूर्ण छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here