लुइँटेल परिवारमा शोक

0
396

झापा, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व मोहन लुइँटेललाई मातृशोक परेको छ ।
कनकाई नगरपालिका – ८ निवासी गंगादेवी लुइँटेलको ८९ वर्षको उमेरमा निधन भएको हो । केही समयदेखि अस्वस्थ रहेकी लुइँटेलको जन्म १९९० साल फागुन १० गते भोजपुरमा भएको थियो ।
स्व. लुइँटेलका तीन छोरा र ५ छोरी रहेका छन् । पाँच छोरी मध्ये साइली छोरी मुना दुलाल  र पति नारायण प्रसादको यस अघि नै निधन भइसकेको छ ।
लुइँटेलका तीन छोरा वुहारीहरुमा रामप्रसाद– कविता , देवीप्रसाद –अंविका र मोहन  – उमा लुइँटेल रहेका छन् ।
त्यस्तै छोरीहरुमा पवित्रा कार्की, तुलसा चापागाई, मनमाया लुइँटेल,   मेनुका भट्टराई रहेका छन् ।
लुइँटेलको विहीवार विहान १० वजे  कनकाई माइमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here