सडकमा दिनहुँ धुलाम्य हुदाँ जिउनै असहज भएको स्थानीयको दुखेसो

0
235

पथरीशनिश्चरे,

मोरङ्गको बेलवारीका स्थानीयले सडकमा दिनहुँ धुलाम्य हुदाँ जिउनै असहज भएको स्थानीयको दुखेसो गरेका छन्।

बेलबारी -नगरपालिकाको वडा नं -५,६ र ७ पर्ने मोरङ सुनसरी सिंचाई आयोजनासंग जोडिएको ग्राभेल सडकमा दिनहुँ टिपर अनियन्त्रित रूपमा गुड्दा धुलाम्य भैं सासै फेर्न असहज भएको स्थानीयले दु:खेसो गरेका हुन्।

चिसाङ र लोहोन्द्रा खोलाबाट दैनिक गिट्टी र बालुवा बोकेर हिड्ने दर्जनौ टिफरका कारण दिनहुँ सडक र आसपास धुलाम्य हुने गरेको उनीहरुको भनाइ छ।

धुलोको कारण पैदलयात्री , साना सवारी साधनमा आवात-जावत गर्न सर्वसाधारण र आसपासका क्षेत्रमा बसोबास गर्नेलाई पनि असहज भएको स्थानीयहरूले दु:खेसो गरेका छन् ।

स्थानीयले धुलो नियन्त्रणको लागि टिफर संचालकहरुलाई पनि पटक-पटक सडकमा पानी हाल्न र धुलो नियन्त्रणमा आग्रह गर्दासम्म बेवास्ता गर्ने गरेकोे उनीहरूको गुनासो छ। सोहि विषयलाई लिएर स्थानीय निकायले अविलम्ब कदम चाल्न पनि सर्वसाधारणले माग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here