सुनिता राई
इलाम , इलाम बजारको समस्याको बहस चलिरहँदा यो वर्ष चियाको चर्चा निक्कै चुलियो । कारण थियो– भारतले नेपाली चिया आयातमा लगाउन खोजेको अंकुश । नेपाली चियाको गुणस्तरको विषयलाई लिएर भारतीय संसदमा नै आयात प्रभावित हुने गरी भन्सार लगाउन प्रस्ताव गएपछि यहाँका सरोकारवालाबीच खैलाबैला मच्चिएको थियो ।
नेपाली चियाको दिगो बजार प्रवद्र्धनको पहिलो शर्त मानिएको गुणस्तर सुधारको चर्चा पनि उत्तिकै छ । यसै सन्दर्भमा राष्ट्रिय चिया तथा कफी विकास वोर्डले सञ्चालन गरिरहेको चियाको गुणस्तर सुधार र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन सम्बन्धी परियोजनाको सफल कार्यान्वयनको प्रभावकारिता पनि बढेको छ ।
युरोपियन युनियनको सहयोगमा सञ्चालित ‘नेपाल इन्किृज सस्टेनेवल टि एक्सपोर्ट’ परियोजनाले चियाको बोटदेखि उपभोक्ताको ओठसम्मको प्रकृयामा सुधारका कार्यक्रम ल्याएको वोर्डका कार्यकारी निर्देशक विष्णु भट्टराई बताउछन् । ँ गुणस्तर सुधार नभएसम्म चियाको अन्तराष्र्टि य « बजार प्रवद्र्धन गर्न नसकिने भएकाले यो प्रोजेक्टले त्यसलाई ध्यान दिएको उनको भनाइ छ ।
भारत निर्भर रहेको चिया अन्य देशमा बजार विस्तार नगरेसम्म समस्या उस्तै रहने विज्ञहरुको भनाइ छ । इलामसहित नेपालमा उत्पादित वार्षिक ६० लाख किलो तयारी चियामध्ये भारतीय बजारमा ८० प्रतिशत खपत हुन्छ । १० प्रतिशत पश्चिमा
बजार र बाँकी १० प्रतिशत चिया नेपालभित्र नै खपत हुने गरेको छ ।
भारतमा निर्भर चियाको प्रतिशत घटाउँदै आन्तरिक र पश्चिमा वजार बढाउने लक्ष्यका साथ वोर्डले काम अघि बढाएको हो । २ वर्षअघि शुरु भएको यो परियोजना अन्तर्गत १७ करोड रुपैयाँ खर्च भइरहेको छ । परियोजनाले चिया रोपणदेखि, काँटछाँट, प्रशोधन, प्याकेजिङ, अर्गानिक सर्टिफाइलगायत विषयमा काम गरिरहेको छ । सँगसँगै चिया क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको अभाव भएको अवस्थामा भएका जनशक्तिमार्फत कृषकस्तरसम्म नै प्राविधिक ज्ञान दिने काम पनि भइरहेकाले अबको चिया उत्पादनमा सुधार हुने कतिपय कृषकको नै बुझाइ छ । परियोजनाले नेपालको आफ्नै पहिचानसहितको क्लोन विकासमा पनि काम गरिरहेको बोर्डको बिर्तामोडस्थित कार्यालयका इन्द्र अधिकारीले वताए ।
यो परियोजना नेपाल सरकारले कृषक र सरोकारवाला सम्म पुग्ने गरी सिँधै सञ्चालन गरेकाले पनि अपेक्षित परिणाम हासिल गर्न सहज हुने वोर्डको विश्वास छ । गत वर्ष चिया काट्ने समयमा बगान वगान पुगेर वोर्डका प्राविधिकले कृषकलाई तालिम दिएका थिए ।
गुणस्तरीय चिया उत्पादनकालागि चियाको जात पहिचान, रोप्ने तरिका, काँटछाँटदेखि सम्पूर्ण प्रकृया नै महत्वपूर्ण हुने भएकाले सोही अनुरुप गरिनुपर्ने राष्ट्रिय चिया सहकारी संघका महासचिव रवीन राईको भनाइ छ ।






























