दुर्घटनामा घाईते

0
182

झापा, झापाको गौरीगञ्ज ५ चिलहरास्थित हुलाकी राजमार्गमा बिहिबार राती करिब साढे ८ बजे आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको पोलमा ठोक्किएर भएको दुर्घटनामा एक जना गम्भिर घाईते भएका छन ।

पश्चिमबाट पुर्व तर्फ जादै गरेको को।६।प ७४७१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउको पिलरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक गौरीगञ्ज ५ बालुगाउँका २२ बर्षिय संजित ताजपुरीया घाईते भएका हुन । उनको दमकमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पताल विर्तामोड पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here