![](https://purwanchaldaily.com/wp-content/uploads/2022/12/ali-baba-japan.jpg)
चिनियाँ धनाढ्य एवं विश्वकै प्रमुख अर्बपतिमध्येका एक ज्याक मा अहिले भने सामान्य तरिकाले जापानमा परिवारसँग बसिरहेका छन् ।
फाइनान्सियल टाइम्सका अनुसार आफ्नो परिवारसँग टोकियो र जापानका अन्य भागहरूमा एवं संयुक्त राज्य अमेरिका र इजरायलको भ्रमण गरी उनले पछिल्ला ६ महिना बिताएका छन् ।
बेलायती अखबारका अनुसार ज्याक मा हाल टोकियोका प्राइभेट सदस्य रहेका क्लबमा आउने जाने गर्छन् भने जापानी आधुनिक कलाकृति संकलन गर्ने गरेका छन् ।
चीनमा लामो समय सार्वजनिक स्थानबाट हराएपछि ज्याक मा गत वर्ष स्पेनको माल्लोर्का टापुमा देखिएका थिए ।
पछिल्ला वर्षहरूमा चिनियाँ अधिकारीहरूले देशका ठूला खासगरी इन्टरनेट कम्पनी र तीनका संस्थापक एवं मालिकहरुमाथि कडा क्र्याकडाउन गर्दै आएका छन् ।