नाइजेरियामा बीआरआईबाट प्राप्त ऋणको दिगोपनमा समस्या

0
235

अफ्रिकी मुलुक नाइजेरियामा चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईबाट प्राप्त ऋणको दिगोपनमा समस्या उत्पन्न भएको पाइएको छ ।

हङकङ पोस्टका अनुसार नाइजेरियामा चिनियाँ ऋण सहयोगका सम्झौता अपारदर्शीता, उच्च गोपनियता, भ्रष्टाचार र घरेलु कानूनको उल्लङ्घन हुने गरेको पाइएको छ । यसबाट नाइजेरियाले प्राप्त गरेको ऋणको दिगोपनमा नै समस्या उत्पन्न भएको जनाइएको छ ।

चिनियाँ ऋणमा आधारित परियोजनामा नाइजेरियाका स्थानीय कम्पनीहरुलाई सामेल नगरिएको समेत जनाइएको छ । यसबाहेक यी परियोजनाको निर्णायक एवम् कार्यान्वयन तहमा पनि स्थानीय नाइजेरियालीहरुलाई समावेश गरिएको छैन ।

हालै अफ्रोब्यारोमिटरले सार्वजनिक गरेको तथ्यांकमा केबल २८ प्रतिशत नाइजेरियाली नागरिकले आफूलाई मुलुकमा चिनियाँ ऋण/सहयोग प्राप्त भएको जानकारी रहेको उल्लेख गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here