पथरीशनिश्चरे ,
पथरी शनिश्चरे नगरपालिका वरिपरी पानी जमेर हिलाम्मे भैरहेको छ ।

जस्का कारण नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीले असहज भएको भन्दै आएका छन् ।
सवारी पार्किङ गरिने, प्रवेश गर्ने र बाहिरीने बाईपास बाटो हिलाम्मे हुँदा नगरको सुन्दरतामा पनि प्रश्न उठेको छ । नगरले जनतालाई आफ्नो घर आसपास सफा सुग्घर राख्न सुचना जारी गरे पनि नगरको कार्यालय परिसरमा भने फोहोर पानी जमेका कारण नगर प्रवेश गर्ने शाखा बाटोमा समस्या देखिएको छ ।






























