झापामा १९२ उम्मेदवारमध्ये ४४ जनाले बुझाए चुनावी खर्च विवरण

0
357

झापा,

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएकामध्ये हालसम्म झापाका ४४ जना उम्मेदवारले चुनावी खर्च विवरण बुझाएका छन् ।

निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारहरुले आफ्नो चुनावी खर्च विवरण बुझाउनु पर्ने प्राबधान रहेको छ । सो म्यादभित्र नबुझाए निर्वाचन आयोगले जरिवाना गर्ने गरेको छ ।

झापामा शुक्रबारसम्म ४४ जना उम्मेदवारहरुले खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपानेले बताए । मंसिर ४ को निर्वाचनमा झापाका ५ वटा क्षेत्र र १० वटा प्रदेश क्षेत्रबाट १९२ जनाले उम्मेदवारी दिएका थिए ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुले खर्च विवरण बुझाउन सुरु गर्दैगर्दा स्थानीय तह निर्वाचनका उम्मेदवारहरुले अझै खर्च विवरण बुझाएका छैनन् । स्थानीय तह निर्वाचनका ८० प्रतिशत उम्मेदवारहरुले खर्च विवरण अझै नबुझाएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनमा जिल्लाका १५ वटा स्थानीय तह र जिल्ला समन्वय समितिमा गरी २ हजार ८ सय ६३ जनाले उम्मेदवारी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here