विदेश जाने महिला बढे

0
345

चौतारा, 

अक्षर नचिनेका र राम्रोसँग नेपाली बोल्नसमेत नजान्ने एउटै गाउँका सयभन्दा बढी महिला कामका लागि खाडीमुलुक गएका छन् । गाउँमा आम्दानीको स्रोत नभएको भन्दै तामाङको बाहुल्यता रहेको सिन्धुपाल्चोकको विकट क्षेत्र पाँचपोखरी थाङपाल गाउँपालिका–८ भोटेनाम्लाङका महिला रोजगारीका लागि खाडीमुलुक गएका छन् ।

यहाँका स्थानीय लक्ष्मण तामाङका अनुसार प्रायः यहाँका महिला लेवनान गएका छन् । यहाँका १४/१५ वर्षका किशोरी पनि पैसा कमाउन खाडीमुलुक गएका छन् । केही त आधारभूत तहको शिक्षा पूरा गरी विदेश गएको उहाँले बताउनुभयो ।

स्थानीय रुक्मणी गुरुङका अनुसार यहाँका महिला घरको काम गर्ने भन्दै लेवनान, कुवेत, साउदीअरब, बहराइनलगायतका मुलुक जाने गरेका छन् । महिला मात्र होइन गाउँमा विदेशिने पुरुषको सङ्ख्या पनि बढी छ ।

गाउँमा आम्दानीको स्रोत नहुँदा र खान पुग्ने गरी उब्जाउ जमिन नहुँदा आफ्ना मानिसले विदेशिनुपरेको गाउँलेको दुःखेसो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here