बिर्तामोड, ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले अपाङ्गता भएका चार जनालाई ह्वीलचियर वितरण गरेको छ ।
रोटर क्लव अफ बिर्तामोड मिडटाउन, रोटट्याक्याक क्लव बिर्तामोड मिडटाउनको सहयोगमा अर्जुनधारामा आयोजित कार्यक्रमका बीच सहयोग सामग्री वितरण गरिएको हो । इनरह्वील क्लव अफ बिर्तामोड मिड टाउनकी अध्यक्ष सम्झना भण्डारीसहितको टोलीले अपाङ्गता भएका व्यक्तिहरु सविन शिवाकोटी, सन्तोष राजवंशी, कल्याण महतारा र पुनम कटवाललाई ह्वीलचियर प्रदान गरेको थियो ।
सो समारोहमा क्लवकी पूर्व अध्यक्ष जमुना भुषाल, सचिव जुनु उप्रेती विमली, उपाध्यक्ष मोनिका अग्रवाल, मिडिया इडिटर कमला पौडेल, बोर्ड मेम्बरहरु रेखा अग्रवाल, निलम अग्रवाल, जागृति भण्डारी लगायत सहभागी थिए ।
यसैबीच इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले २५ जनालाई सिरक समेत वितरण गरेको छ ।
सामाजिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको इनरह्वील क्लव अफ बिर्तामोड मिड टाउनले यो वर्ष महिला तथा बालबालिका र अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोगसहित उनीहरुका लागि आवश्यक पर्ने सहयोगी सामग्री प्रदान गर्दै मनाउने निर्णय गरेको छ ।