बाह्रदशीमा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर वितरण

0
253

झापा, हाम्रो बाह्रदशी अपाङ्गता अभियानसंगको सहकार्य तथा रोटरी क्लब अफ बिर्तामोड मिडटाउन र नेपाल शैक्षिक परामर्श संघ इक्यान झापा शाखाको आर्थिक सहयोगमा बाह्रदशीमा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर वितरण गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा नेपाल स्काउट बाह्रदशीको आयोजनामा ३१ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बाह्रदशी – ३ राजगढ बजारमा आयोजित कार्यक्रमकाबीच ह्वील चियर सहित न्यानो कपडाा बितरण गरिएको हो ।

कार्यक्रममा राप्रपा अध्यक्ष लिङ्देन , प्रदेश सभा सदस्य चुडाल , बाह्रदशी स्काउटका संयोजक अनिल सापकोटा, वाह्रदशी वडा नम्वर १ का पूर्व वडाध्यक्ष शम्भूसिंह राजवंशी, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अपाङ्गता भएका व्यक्तिहरु मुस्कान खातुन र आस्था अधिकारीलाई रोटरी क्लब अफ बिर्तामोड मिड टाउनका अध्यक्ष सुमन जमरकट्टेल तथा प्रतिनिधि सभा सदस्य लिङ्देन तथा प्रदेशसभा सदस्य चुडालले सयुक्त रुपमा ह्वील चियर बितरण गरेका थिए । बाह्रदशी अपाङ्गता अभियान भित्रका अति बिपन्न १५ परिवारलाई न्यानो कपडा समेत बितरण गरिएको थियो । अभियानका अध्यक्ष सन्तोष सुबेदीको अध्यक्षतामा भएको कार्यक्रमलाई रुद्रलाल दुलालले संचालन गरेका थिए । कार्यक्रममा वाह्रदशी गाउँपालिकाकी पूर्व उपाध्यक्ष रत्नाकुमारी राजवंशी सहित समाजका लब्धप्रतिष्ठित व्यक्तिको उपस्थिति रहेको थियो । यस अघि राजगढ बजारमा प्रभातफेरिको आयोजना गरिएको थियो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here