उमानाथ भण्डारी
कमल ।

निजी तथा आवासीय विध्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) कमलको चौथौ साधारण सभा सम्पन्न भएको छ ।
इलामको चुलाचुली गाउँपालिका २ स्थित पर्यटकिय स्थाल तिनकुने पोखरीमा साधारण सभा सम्पन्न भएको थियो ।
मुलुकको परिवर्तित संरचना बमोजिम शिक्षा सम्बन्धि विशेष अधिकारहरु स्थानिय सरकारलाई प्रदान गरेपछि स्थानिय सरकार संग प्याब्सनको सम्बन्ध सुमधुरहुन अति नै आवश्यक छ । यसैलाई आत्मसात गर्दै परिस्थिति र सन्दर्भ अनुकुलका शैक्षिक कार्यक्रममा साथै अन्य विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको प्याव्सन कमलका अध्यक्ष बद्री साम्पाङ्ग राईले बताउनुभयो ।
निजी तथा आवासीय विध्यालयले चर्को शुल्क लिने तर समाज प्रति उत्तर दाईत्व बहन नगर्ने आरोप हामिलाई लागिरहन्छ । वास्तविकता त्यो हिईन हामी समाज प्रति उत्तिकै जिम्वेवार छौ । हामी यसै समाजमा रहेकोले समाजप्रतिको हाम्रो दाईत्व धेरै छ ।
मंसीर ४ गते सम्मपन्न प्रतिनिधी सभा र प्रदेश समा को निर्वाचन सकिएपछि मतपेटीका हामीले १ सय ८५ वटा बस बाट निर्वाचन अधिकृतको कार्यालय सम्म पुर्याएका थियौ । त्यस्तै कोशीको बाढी बाट प्रभावितलाई सुनसरीको रामधुनी नगरपालिको समन्वयमा २५ बटा घर निर्माण गरेर हस्तान्रण गरिएको प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोले बताउनुभयो ।
स्थानिय सरकारलाई माध्यमिक विद्यालय सम्मको शैक्षिक दाईत्व छ । यो अन्य क्षेत्र भन्दा मुख्य क्षेत्र हो किन भने यहाँ हरेक अविभावकको चिन्ताको विषय जोडिएको छ । आफ्ना नानिहरुको भाग्य र भविश्य जोडिएकोले पनि यो गहन विषय हो । कमल गाउँपालिका तपाईहरु सगै साथमा छ । सधै सजक भएर अगाडी बढ्न आवश्यक रहेको कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेले बताउनु भयो ।
कार्यक्रम प्याब्सन कमलका सचिव दिपक संग्रौलाले सन्चालन गर्नु भएको थियो भने झापा जिल्ला सदस्य त्रिलोचन गौतमले स्वगत गर्नु भएको थियो ।






























