काठमाण्डौ,

कोरोना महामारीपछि जहाँ एकातिर विश्व आफ्नो पहिलाकै गतिमा फर्किसकेको छ भने अर्कोतिर चीनमा कोरोनाको कारण समस्याहरू दिनप्रतिदिन बढ्दै गइरहेको देखिएको छ।
कोरोनापछि पनि चीनको समस्याहरू समाप्त हुने कुनै छाँटकाँट देखिएको छैन। एकपल्ट फेरि चीनमा कोरोना भाइरस तीब्र गतिमा फैलिरहेको छ। जसको प्रत्यक्ष प्रभाव चीनको सम्पत्ति बजार ( प्रोपर्टी मार्केट) मा परेको छ। कोरोनाको कारण चीनको प्रोपर्टी मार्केटमा उल्लेखनीय गिरावट देखिएको छ। विश्वव्यापी लगानीकर्ताहरूले अब विस्तारै चीनबाट आफ्नो लगानी फिर्ता लिइरहेका छन्, र भारतको रियल इस्टेट सेक्टमा ठूलो लगानी गर्नका लागि इच्छुक देखिएका छन्।
चीनका राष्ट्रपति सी जिनपिङ गत महिना लगातार तेस्रो पटक चीनको सत्तामा आसिन भए तापनि चीनको समस्याको अन्त्य हुने भने देखिँदैन। चीन अझै पनि धेरै समस्याहरूले घेरिएको छ। अहिले चीनका सामु धेरै चुनौतिहरू भए पनि यसको सबैभन्दा ठूलो समस्या रियल इस्टेट हो।
चीनको रियल इस्टेट क्षेत्र कोरोनाभन्दा अघि नै कमजोर हुन थालेको थियो र कोरोनाले यसलाई पूर्ण रूपमा कमजोर बनाएको छ। जुन समस्या कोरोना सङ्क्रमण घटेपछि समाधान हुने अपेक्षा गरिएको थियो, तर परिणाम उल्टो छ। चीनको सम्पत्ति व्यवसाय झन् ठप्प बन्दै गएको छ। यहाँबाट लगानीकर्ताहरू हट्न थालेको अवस्था छ। अब ती लगानीकर्ताहरू चीन छोडेर भारततिर लागिरहेका छन्।
चिनियाँ सरकारको तर्फबाट गत हप्ता जारी गरेको तथ्यांकअनुसार चीनमा नयाँ घरको मूल्य ७ वर्षमा सबैभन्दा तीव्र दरमा घटेको छ। जबकि फ्लोर एरियाको आधारमा मापन गरिएको सम्पत्तिको बिक्रीमा अक्टोबरमा लगातार १५ औं महिनामा गिरावट आएको छ। चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोको तथ्याङ्कका आधारमा अक्टोबरसम्मका लागि अचल सम्पत्तिको विकासमा लगानी गत वर्षको सोही अवधिको तुलनामा ८.८ प्रतिशतले घटेको छ भने व्यापारिक फ्लोर स्पेसमा एकातिर २२.३ प्रतिशतले गिरावट आएको छ भने व्यावसायिक भवनबाट प्राप्त हुने राजस्व २६.१ प्रतिशतको गिरावट आएको छ ।
अर्कोतर्फ, भारतमा, सम्पत्ति मूल्य सूचकांक गत केही वर्षमा लगातार बढिरहेको छ। भारतीय रिजर्व बैंक (RBI) द्वारा प्रकाशित अखिल भारतीय घर मूल्य सूचकांक (HPI) जुन महिनामा समाप्त भएको त्रैमासिकको लागि ३.५ प्रतिशतको वार्षिक दरमा बढेको छ, जुन अघिल्लो त्रैमासिकको १.८ प्रतिशत भन्दा बढी हो। भारतमा लगानी गर्नका लागि सिंगापुरको क्यापिटलल्याण्ड इन्भेष्टमेन्ट जस्ता रियल स्टेट इन्भेष्टमेन्ट फर्महरू लगानी गर्न चाहन्छन्। यस कम्पनीको एक तिहाइ सम्पत्ति चीनमा छ। उनीहरूले आफ्नो पोर्टफोलियोमा विविधीकरण गर्न खोजिरहेका छन्। सीएलआईको तर्फबाट भियतनाम र भारतमा भविष्यमा लगानीका अवसरहरू खोज्दैछन्।
चीनको १७ ट्रिलियन अमेरिकी डलर अर्थव्यवस्थाको लगभग एक चौथाइ सम्पत्ति क्षेत्रबाट नै आउँछ। सम्बन्धित चिनियाँ अधिकारीहरूले पछिल्ला केही वर्षहरूमा ध्वस्त भइरहेको रियल सेक्टरमा विश्वास फिर्ता ल्याउनका लागि उपायहरू थालेका छन्। तर, अहिलेसम्म यसबाट राहतको कुनै संकेत नदेखिएको विज्ञहरू बताउँछन् । लिम्बुवान न्यूज





























