शिक्षा सेवी प्रसाईको निधन प्रति प्याब्सन झापाको गहिरो दुःख ब्यक्त, सोमबार शोक विदा

0
275

बिर्तामोड ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का सदस्य एवम् न्यूटन्स एकेडेमी र एभरेस्ट स्मार्ट स्कूलका संस्थापक प्रिन्सिपल हरि प्रसाईको निधनप्रति प्याब्सन झापाले गहिरो दुःख व्यक्त गरेको छ ।

प्याब्सन झापाका सचिव हरिकृष्ण पाठकले आइतबार एक विज्ञप्ती जारी गर्दै प्याब्सन झापाका पूर्व अध्यक्ष समेत रहेका प्रसाईको निधनले शिक्षा क्षेत्रमा अपुरणीय क्षति पुगेको जनाएका छन् । प्रसाईको निधनप्रति दुःख व्यक्त गर्दै मंसीर १९ गते सोमबार झापाका सम्पूर्ण प्याब्सन सदस्य विद्यालयमा शोक विदा स्वरुप एकदिन विदा दिने निर्णय गरिएको प्याब्सन झापाका सचिव पाठकद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । स्व. प्रसाईको आइतबार अमेरिकामा उपचारका क्रममा निधन भएको हो ।

झापा प्याब्सनको २०५५ साल माघ १० गतेदेखि २०६४ साल असोज १३ गतेसम्म अध्यक्षको जिम्मेवारी सम्हाल्नुका साथै प्याब्सन झापाका सल्लाहकार, केन्द्रीय उपाध्यक्ष, केन्द्रीय सल्लाहकारसम्मको भूमिका निर्वाह गरेको तथा हाल प्याब्सन झापाको वरिष्ठ सल्लाहकार समेत रहेका प्रसाईको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोकाकुल परिवारमा प्याब्सन झापाले समवेदना व्यक्त गरेको छ ।

२००८ साल मंसीर ४ गते माता लक्षिमा र पिता देवीप्रसादका साइला छोरा भई ताप्लेजुङको आठराई हांयां (हाङपाङ–६) हालको त्रिवेणी ३ मा उनको जन्म भएको थियो । उनले ४२ वर्ष शिक्षा क्षेत्रमा सेवा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here