बालबालिकालाई सहयोग

0
323

अर्जुनधारा।

३१औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अर्जुनधारा नगरपालिका– ५ मा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा रहेका बालबालिकालाई सहयोग गरिएको छ ।

बिर्तामोड–४ मा रहेको ऊर्जाशील रामधुनी आमा समूहले १० जना बालबालिकासहित त्यहाँ कार्यरत कर्मचारीलाई समेत न्यानो कपडा, खाद्यान्य सहयोग गरेको हो । संस्थाकी अध्यक्ष गंगा शिवाकोटी ढकालसहितको टोलीले सरोकार केन्द्र पुगेर न्यानो कपडासहित दाल, चिनी, चामल, तेल, हर्पिक, सरफ, सावुन, व्रस, कुचो, चियारंग मसला लगायतका सामग्री सहयोग गरेको हो ।

देउसीभैलो खेलेर संकलित रकमले अपाङ्गता भएका बालबालिकालाई सहयोग गरेको बताइएको छ । सहयोग सामग्री संस्थाका सञ्चालक कृष्ण दुलाललाई प्रदान गरिएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा औचित्य माथि प्रकाश संस्थाकी कोषाध्यक्ष चन्दा चुडाल सिटौलाले पारेकी थिइन् भने कार्यक्रमको सञ्चालन उपाध्यक्ष टीका मैनालीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here