बिर्तामोड ।
सजिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड नपा–५ को अध्यक्षमा काशीनाथ घिमिरे चयन भएका छन् । संस्थाको १५औं बार्षिक साधारणसभाले घिमिरेको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा गोपालप्रसाद अधिकारी र सदस्यहरुमा राजेन्द्रकुमार पोखरेल, अर्चना पौडेल, गीता खनाल,,लक्ष्मी भट्टराई, गायत्रा बराल,रुद्रप्रसाद रेग्मी, ओमप्रकाश लुईंटेल रहेका छन् । सोही साधारण सभाले लेखा सुपरीवेक्षण समितिको संयोजकमा विष्णुप्रसाद ढकाल र सदस्यहरुमा डुका अधिकारी र राजकुमार शिवा रहेका छन् ।
संस्थाका कार्यवहाक अध्यक्ष गीताराज खड्का(हरी) को अध्यक्षता तथा शिक्षासेवी तथा मानवअधिकारकर्मी डा.रुपक खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सदस्य गीता खनालले स्वागत गरेकी थिइन् । कार्यक्रममा झापा जिल्ला सहकारी संघका पालिका समन्वय समिति बिर्तामोडका सचिव ताराप्रसाद चापागाईं, राष्ट्रिय सहकारी वैंक बिर्तामोडकी रमा सुवेदी, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष रामलोचन न्यौपाने, शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष युवराज ढकाल, लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा संस्थाका कार्यवहाक अध्यक्ष खड्काले संस्थाको आय–व्ययसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संस्थाको जम्मा शेयरपुँजी एक करोड ६६ लाख ७३ हजार आठ सय रुपैयाँ, निक्षेप तर्फ चार करोड ९६ लाख ४५ हजार सत सय ४२ रुपैयाँ, कर्जा लगानी असुलीमा रहीरहेको रकम सात करोड ४६ लाख ३७ हजार पाँर्च सय १८ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा संस्थाका लेखा समितिका संयोजक गोपालप्रसाद अधिकारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा ज्येष्ठ शेयर सदस्य ७७ वर्षिया शारदादेवी भट्टराई, उत्कृष्ट बालबचतकर्ता आयुस राई, क्रमिक बचतकर्ता रिसभ श्रेष्ठ, साधारण बचतकर्ता चेतन दाहाल, असल ऋणी निर्मला उप्रेती, एसईईमा उत्कृष्ट अविनाश ओली, रोहन खरेल, संगीताकुमारी ठाकुर, प्रेरणा घिमिरे , उत्कृष्ट कर्मचारी विन्दु नेपाललाई पुरस्कृत गरिएको थियो ।
सोही कार्यक्रममा संस्थामा बालबचत गर्ने बालबचतकर्ताहरुलाई शैक्षिक सामग्रीको रुपमा कापी प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन लेखा समितिका संयोजक गोपालप्रसाद अधिकारीले गरेको संस्थाका लेखापाल पुष्पराज ढकालले जानकारी दिए ।