पथरीशनिश्चरे,
मोरङको सुन्दरहरैँचा नगरपालिकाले सिटी सफारीलाई पटके कर लगाएकाे भन्दै सफारी चालकहरू धर्ना तथा आन्दाेलनमा उत्रिएका छन्।
आइतवार चालकहरूले पटके करको विरोध गर्दै नगरपालिका अगाडि धर्ना र विरोधमा उत्रिएका हुन्। पटके करलाई हटाउनुपर्ने माग गर्दै आफुहरूकाे माग सुनुवाइ नभए धर्ना सहित आन्दोलनका थप कार्यक्रम गर्ने चेतावनी समेत दिएका हुन् ।
उनीहरूको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने वलिया अटाे तथा सिटी सफारी संघका अध्यक्ष विष्णु वनले चेतावनी दिएका छन्। हाल नगरमा ३ हजार भन्दा बढी सिटी सवारीहरू सञ्चालनमा रहेका छन् ।