पथरी शनिश्चरे,
सरसफाई कार्यक्रम सहित कैदीबन्दीहरुलाई म्याट र ब्लाङ्केट बितरण गर्दै पथरी जेसीजकाे सप्ताह कार्यक्रम सम्पन्न भएको छ। गत १६ गतेदेखि सुरु भएको पथरी जेसीजको सप्ताह कार्यक्रम आईतबार सम्पन्न भएको हो ।
पथरी जेसीजले सप्ताह अन्तर्गत प्रथम कार्यक्रम स्थापना दिवस तथा जेसीज सप्ताह उद्घाटन कार्यक्रम रहेको थियो भने दोस्रो कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय पथरीका बन्दीहरुसंग’ न्यानो माया’ वापत लुगा कपडा वितरण गरिएको थियो। यसैगरी, पथरी जेसीजको तेस्रो कार्यक्रम अन्तर्गत पथरी शनिश्चरे वडा नं. १० भुटानी शिविरमा रहेको प्रस्तावित रंगशालामा फोहोर मैला सरसफाई कार्यक्रम सञ्चालन गरिएको थियो।
जेसी कृष्णकुमारी राई (मुना)को संयोजकत्वमा भएको कार्यक्रममा २२ जनाले सहभागीता जनाएका थिए । वर्ष २०१९ का अध्यक्ष जेसी मान बहादुर दियालीको प्रमुख आतिथ्यतामा सम्पन्नसप्ताह कार्यक्रमको प्रमुख अतिथि दियाली र वर्ष २०२२ की अध्यक्ष अनिता राई (अनु) ले संयुक्तरुपमा केक काटेर उद्घाटन तथा स्थापना दिवस मनाएका थिए ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका पथरीशनिश्चरे नगरका मेयर मोहन तुम्बापो , पथरी इलाका प्रमुख प्रहरी नायव निरिक्षक बेदप्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो । प्रमुख अतिथि नगर प्रमुख तुम्वापोले ईलाका प्रहरी कार्यालय पथरीका कैदीबन्दीहरुलाई म्याट र ब्लाङ्केट बितरण गर्नुभएको थियो । सोही अवसरमा इलाका प्रहरी कार्यलयको तर्फबाट प्रमुख गौतमले आफ्नो भनाईहरु राख्नुका साथै इलाका प्रहरी कार्यालय परिसरमा निर्माणाधीन भवनहरूको पनि अवलोकन गराउनु भएको थियो ।
नगर प्रमुख तुम्वापोले पथरी जेसीजले विगतका दिनहरुमा पनि नगरकै उत्कृष्ट कार्य गर्दै आएको भन्दै पथरी जेसीज संग सहकारी गरि आगामी दिनहरुमा अगाडी बढ्ने र सक्ने सहयोग गर्ने वचनबद्धता गरेका थिए ।
पथरी जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी अनिता राई (अनु)ले प्रमुख अतिथि र विशिष्ट अतिथिहरुलाई ढाकाटोपी लगाएर सम्मान गरेकी थिइन् । कार्यक्रममा सशस्त्र प्रहरी बल शनिश्चरे क्याम्पका प्रमुख अम्बर राई, स्थानीय समाजसेवी गणेश लिम्बु यूवा सुमन कुरूङ्बाङ् समेतको सकृयता रहेको थियो।