विमल दहाल, माई ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड एनएमसीको ३०औं साधारण सभा इलाम जिल्लाका सेवा केन्द्रबाट आईतबार शुरु भएको छ।
इलाम, मोरङ्ग र झापा जिल्ला कार्यक्षेत्र रहेको एनएमसीले आईतबार दानाबारी सेवा केन्द्र सहित इलामका ६ वटा सेवा केन्द्रमा साधारण सभा सम्पन्न गरेको हो । दानाबारी सेवा केन्द्र अन्तर्गत सम्पन्न साधारणसभाबाट लेखा परीक्षक नियुक्ति, निर्वाचन समिति गठन एवम निर्वाचन समिति चयन, संस्थाका १२ वटा कार्यविधि स्वीकृत र पारित, सहकारी संस्था एकिकरण, कर्मचारी दरबन्दी स्वीकृत, जग्गा खरिद एवम बिक्री, सेवा सुविधा, सेवा केन्द्र थप, खर्च अनुमोदन र हाल सम्मका सच्चालक समितिको निर्णय अनुमोदन लगायतका प्रस्ताव पारित गरेको छ।
मेचीनगर-६ काँकरभिट्टा प्रधान कार्यालय रहेको सहकारी संस्था झापा,इलाम र मोरङ्गमा गरि ५७ वटा सेवा केन्द्र, ५ वटा ब्यबसाय क्रमश वित्तीय, डेरी, एकिकृत नमुना कृषि फर्म,सहकारी पसल र चिया व्यवसाय सञ्चालनमा रहेको छ।
माई नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष उर्द वहादुर राईको प्रमुख आथित्यमा सम्पन्न साधारणसभाबाट संस्थाको २०५० वाट भएको बिकासक्रम, सदस्य एवम सामुदायिक हितमा संस्थाको भुमिका, व्यवसाय सम्भाव्यता अध्यान लगायतका विषयमा सदस्यलाई जानकारी गराईएको थियो। दानाबारी सेवा केन्द्र अन्तर्गत ६ सय सदस्य रहेको संस्थाको कुल १ लाख ३५ हजार सदस्य रहेको एनएमसी दानाबारी सेवा केन्द्र प्रमुख निरोज कार्कीले जानकारी दिनुभयो।
संस्थाको शेयर पुँजी १ अर्ब ३५ करोड ५८ लाख ९५ हजार रुपैयाँ, कोष हिसाब ८९ करोड ७२ लाख ३५ हजार ५१ रुपैयाँ, निक्षेप मौज्जाद ८ अर्ब ६५ करोड ७६ लाख ८५ हजार ७ सय १३ रुपैयाँ, कर्जा लगानी १० अर्ब १५ करोड ५१ लाख ५३ लाख ७ सय ९४ रुपैयाँ रहेको छ। संस्थाको स्थिर सम्पत्ति ६६ करोड ६५ लाख ५० हजार ७ सय ६९ रुपैयाँ र कर अघिको नाफा १३ करोड ६७ लाख २५ हजार ३ सय ९२ रुपैयाँ लगायत गरि कुल सम्पत्ति ११ अर्ब ९९ करोड ६१ लाख ६५ हजार ५९ रहेको प्रतिवेदन मार्फत जानकारी गराईएको थियो।

असल संस्कार र समृद्धिका लागि एनएमसी मुल मन्त्रका साथ सम्पन्न साधारणसभामा सेवा केन्द्रका संयोजक शिब भण्डारीको अध्यक्षता, सदस्य विमल दहालको स्वागत तथा प्रमुख निरोज कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो।साधारणसभामा प्रमुख अतिथि उर्द वहादुर राई, एनएमसी सेवा केन्द्रका केन्द्रीय प्रतिनिधि ठाकुर प्रसाद शिवाकोटी, कमल गुरागाईं, तेज कुमारी घिमिरे, रेडक्रस सोसाइटी दानाबारी उपशाखा सभापति मित्र प्रसाद गौतम, शेयर सदस्य उर्बशी गौतम, तेज बहादुर घिमिरे लगायतले विषय बस्तुमाथि टिप्पणी र जानकारी गराउनु भएको थियो।
आगामी पुष २ गते बिर्तामोडमा अन्तिम माईन्युट प्रमाणीकरण रहने साधारणसभाका लागि तीन जना प्रतिनिधि छनौट गर्दै सम्पन्न रहने साधारणसभामा इलामका ६ वटा सेवा केन्द्रमा मंसिर १८, मोरङ्गका ५ सेवा केन्द्रमा मंसिर २६ र झापाका ४६ सेवा केन्द्रमा मंसिर २८ गते सञ्चालन रहने एनएमसीले जनाएको छ।































