वीरता लेडी जेसीजको अध्यक्षमा संगीता गिरी निर्विरोध

0
190

बिर्तामोड । वीरता लेडी जेसीज बिर्तामोडको अध्यक्षमा संगीता गिरी निर्विरोध निर्वाचित भएकी छिन् । वीरता लेडीको सोमबार सम्पन्न साधारण सभाले बर्ष सन् २०२३ का लागि अध्यक्षमा गिरीलाई चयन गरेको हो । कार्यकारीणी उपाध्यक्षमा मेनुका ओली लोहनी र अर्चना खड्का राउत चयन भएका छन् ।

त्यस्तै उपाध्यक्षहरुमा मुना ढुंगेल, प्रियङ्का उप्रेती, प्रभा राया कार्की र श्रेया शिवाकोटी चयन भएका छन् । त्यस्तै सहसचिवमा कोपिला पोखरेल सिटौला, जनसम्पर्क अधिकारीमा रोजिना पाण्डे, तालिम संयोजकमा चन्द्रकला रिजाल भट्टराई र शाखा सम्पादकमा दिपा शिवाकोटी लुईटेल सर्वसम्मत चयन भएका छन् ।

जेसीज विधान अनुसार अध्यक्षले मनोनित गर्ने कार्यसमितिका पदहरु कानूनी सल्लाहाकार, महासचिव र कोषाध्यक्षमासमेत नवनिर्वाचित अध्यक्ष गिरीले सोमबार नै मनोनयन गरेकी छिन् । कानूनी सल्लाहाकारमा युनिता दवाडी, महासचिवमा निषा शाक्य र कोषाध्यक्षमा सुमित्रा बस्नेत भट्टराई मनोनित भएका छन् ।

वीरता लेडीको सन २०२३ का लागि चयन भएका कार्यसमितिका पदाधिकारी ।

अध्यक्षमा गिरीले यस अघि वीरता लेडीको विभिन्न पदमा रहेर आफ्नो जिम्मेवारी पूरा गरेकी छिन् । सन २०२२ मै अध्यक्षको मुख्य दाबेदार गिरीले सहमति र सहकार्यका लागि भन्दै सर्बसम्मत नेतृत्व चयनका लागि आफ्नो दाबी फिर्ता लिएकी थिइन् ।
जेसीजमा एउटा पदमा एक कार्यकालमात्रै जिम्वेवारी पाउने व्यवस्था छ भने अंग्रेजी बर्ष अनुसार एक बर्षको कार्यकाल हुनेछ । जेसीजको राष्ट्रिय महाधिवेशन पुस ७ देखि १० गतेसम्म मधेश प्रदेशको वीरगंजमा सम्पन्न हुदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here