झापामा ‘महिला अंग्रेजी शिक्षक सम्मेलन २०२२’ हुने

२० मंसिर २०७९, मंगलवार मा प्रकाशित

बिर्तामोड ।

नेपाल इंलिस ल्यागंवेज टिचर्स एशोसिएसन (नेल्टा) को आयोजनामा झापामा ‘महिला अंग्रेजी शिक्षक सम्मेलन २०२२’ हुने भएको छ ।

नेपालमै पहिलो पटक झापास्थित बिर्तामोडमा आगामी मंसिर २३ र २४ गते ‘फिमेल इग्लिस टिचर्स कन्फ्रेन्स २०२२’ को आयोजना गरिएको नेल्टा झापाले सोमवार (आज) बिर्तामोडमा पत्रकार भेटघाट गरी जानकारी दिएको हो ।

प्रेरणा, नेतृत्व र प्राविधिक शिक्षण मार्फत महिला अंग्रेजी शिक्षकहरुलाई सशक्तिकरण गर्ने उदेश्यले ‘महिला अंग्रजी शिक्षक सम्मेलन २०२२’ आयोजना गरिएको नेल्टा झापाका अध्यक्ष धमेन्द्र भट्टराई (मामा) ले जानकारी दिए । सम्मेलनमा झापाका तीनसय वढी महिला शिक्षिकाको सहभागीता रहने अध्यक्ष भट्टराईले जानकारी दिए ।

सम्मेलनमा प्रमुख बत्ताको रुपमा नेल्टाकी अध्यक्ष प्रो.मोतिकला सुब्वा देवान, नेल्टाका सल्लाहकार हेमन्तराज दाहाल, नेल्टाका बरिष्ठ उपाध्यक्ष प्रो. लक्ष्मण ज्ञवाली, युनिसेफकी शिक्षा बिशेषज्ञ बैशाली प्रधान, टोष्ट माटर्सकी अध्यक्ष एन्जीला बिष्टलगायत रहने अध्यक्ष भट्टराईले बताएका छन् ।

झापाका सामाुदायिक, निजि तथा अंग्रेजी बिषय पढाइरहेका जुनसुकै महिला शिक्षकहरुले सम्मेलनमा सहभागीता जनाउन सक्ने नेल्टा झापाका उपाध्यक्ष केशव मैनाली बताए । कार्यक्रममा नेल्टा झापाको सचिव टिकाप्रसाद सुवेदी, सदस्य केशव उप्रेती, प्रकाश पराजुलीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here