नेपाल वायुसेवा निगमको विमानलाई गरियो बंगलादेशमा आकस्मिक अवतरण

0
200

काठमाडौं,

काठमाडौंबाट बैंककका लागि उडान भरेको नेपाल वायुसेवाको विमानलाई बुधबार आपतकालीन अवतरण गराउनु पऱ्यो। बंगलादेशी विमानन अधिकारीहरूले बताएअनुसार तकनीकि खराबीको कारण विमानलाई बंगलादेशको चटगाउँ अन्तर्राष्ट्रीय विमानस्थलमा आपतकालीन अवतरण गरिएको हो।

जानकारीअनुसार नेपाल वायुसेवा निगमको न्यरोबडी विमानले बुधबार १५२ जना यात्रुहरूलाई लिएर काठमांडौको त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलबाट उडान भरेको थियो। विमानको कार्गो कम्पार्टमेन्टमा धुवाँ निस्किएको सङ्केत देखिएपछि विमान आफ्नो लक्ष्यमा पुग्न सकेन।

त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलका महाप्रबन्धक प्रेम नाथ ठकुरीले दिएको जानकारीअनुसार ४०१ उडान नम्बरको विमानको कार्गो कम्पार्टमेन्टमा धुवाँ निस्किएको सङ्केत पाएपछि चालक दलले बैंकक जाँदै गरेको विमानलाई बीचमा नै बंगलादेशको चटगाउ विमानस्थलमा आकस्मिक अवतरण गराएको हो।

अर्कोतिर बंगलादेशका विमानन अधिकारी फरहाद हुसैनले मीडियालाई बताएअनुसार काठमाडौंबाट थाइल्याण्डको राजधानी बैंकक जाँदै गर्दा नेपाल वायुसेनाको विमानलाई हजरत शाह अमानत अन्तर्राष्ट्रीय विमानस्थलमा सुरक्षित रूपमा आकस्मिक अवतरण गरिएको हो।

उनले थप बताएअनुसार विमानस्थलका अधिकारीहरूले आवश्यक तयारी गरेका थिए किनभने विमानका पायलटले आपतकालीन अवतरणका लागि सन्देश पठाएका थिए। उनले जानकारी दिएअनुसार काठमाडौंबाट साढे ३ बजे उडेको न्यरोबडी अल्फा किलो व्हिस्की विमान नेपाली समय अनुसार पौने ६ बजे बंगलादेशको विमानस्थलमा आकस्मिक अवतरण गरेको थियो।

त्यसबीच लगभग साँझ पाँच बजी विद्युत प्रणालीमा आगो लाग्ने चेतावनी प्राप्त भएपछि विमानलाई आकस्मिक अवतरण गराइयो। उक्त विमानमा सवार १ सय ५२ यात्रुलाई त्यहाको टर्मिनलमा राखिएको थियो। यद्यपि नेपाल वायुसेवाका तकनीकि टोली तुरन्त पुगेर विमानको खराबी जाँच गरी ठीक गरिदिएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here