झापा।

झापाको कन्काई नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–१ का २२ बर्षीय ओमप्रकाश राउत रहेका छन् । आज बिहान ना ३ ख २९०४ नम्बरको ट्रकले प्रदेश १–०१–०१३ प ४०५२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका राउतको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
घटनामा संलग्न ट्रक चालक मोरङ पथरी शनिश्चरेका पर्शुराम थापालाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।































